२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातजना मिलेर यसरी पारे सुन व्यवसायीलाई ‘हनिट्रयाप’मा

३ भाद्र २०७९, शुक्रबार ०७:१५

भदौ ३, काठमाडौं | दाङको घोराहीका एक सुनचाँदी व्यवसायी हनिट्रयापमा परेका छन्। साउन २६ गते राति युवतीले आफ्नो कोठामा बोलाएर उनलाई ट्रयापमा पारेको दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनलाई फसाउने ४ युवतीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। 


गत साउन २६ गते राति ११ बजेतिर घोराही उपमहानगरपालिका– १० नारायणपुरका दिनेशकुमार घर्तीलाई एक युवतीको फोन आयो। सुनचाँदी व्यवसायी घर्तीलाई नारायणपुरकै २२ वर्षीया शर्मिला भन्ने प्रमिला नेपालीले फोन गरेकी थिइन्। नेपालीले आफ्नो तिलहरी बेच्नुपर्ने भएकाले कुरा गर्न कोठामा आउन भनेपछि घर्ती कोठामै गए।

घर्ती युवतीको कोठामा गएपछि रोल्पा परिवर्तन गाउँपालिका– ५ का ४० वर्षीय दिलीपकुमार वलीसहितको समूह सोही वेला कोठाको ढोका ढकढक्याउन पुग्यो। युवतीसँग एउटै कोठामा रहेका घर्तीलाई उनीहरूले बलात्कार गरेको भन्दै कुटपिट गरे।

बलात्कारको आरोपपछि त्यहाँ ठूलो बार्गेनिङ सुरु भयो। प्रहरीका अनुसार पहिलो चरणमा उनीहरूले घर्तीसँग घडेरीको डिमान्ड गरे। ‘सुरुमा ती युवतीको नाममा तुरुन्त एउटा घडेरी पास गरिदिन भनेछन्,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले भने, ‘तर, घर्तीले आफूसँग घडेरी नभएको भनेपछि पैसा लेनदेनमा कुरा मिलाउन खोजेको देखिन्छ।’

घडेरी नदिएपछि नगद एक लाख रुपैयाँ, दुईवटा चेकमा दुई दिन फरकको मिति राखेर दुई–दुई लाख र अर्को चेकमा सात लाख २० हजार गरी १२ लाख २० हजार रुपैयाँ लिन खोजे। चेक र नगद दिएपछि घर्तीले उनीहरूबाट छुटकारा पाए। तर, आफूसँग भएको मोटो रकम अनाहकमै लुटिएपछि उनी प्रहरीसमक्ष पुगे। त्यसपछि छानबिन गर्दा मुख्य योजनाकार रोल्पा परिवर्तन– ५ का वलीसहित नारायणपुरकै अजय बुढाथोकी, लोकेन्द्र मगरसहित सातजनाको संलग्नतामा योजना बनाएर फसाउन खोजेको भेटिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए।

गौतमका अनुसार सो कार्यमा संलग्न घोराही– १० नारायणपुरनिवासी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षकै विमला डाँगी र २९ वर्षीया शान्ता नेपालीलाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको छ। अजय र लोकेन्द्र भने अहिले फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ।

उनीहरूविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २५३ को उपदफा ३ (ख) अन्तर्गत आपराधिक लाभ कसुरमा साउन २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताएको छ। कसैले व्यावसायिक या गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटाे दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान