प्रज्वल पाैडेल । भदौ २६, काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष वाेर्णबहादुर कार्कीले अनलाईन मिडियालाई वर्गीकरण गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले अनलाईनबाट छिटाे सूचना नागरिककाे माझमा पुर्याउन महत्त्वपूर्ण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । भदौ २६, काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष वाेर्णबहादुर कार्कीले अनलाईन मिडियालाई वर्गीकरण गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले अनलाईनबाट छिटाे सूचना नागरिककाे माझमा पुर्याउन महत्त्वपूर्ण "/>
२०८२, ४ फाल्गुन सोमबार
काठमाडौँ - KTM

अनलाइन मिडियालाई पनि वर्गिकरण गर्नुपर्छ: अध्यक्ष कार्की

२०७३, २६ भाद्र आईतवार १७:०७

प्रज्वल पाैडेल । भदौ २६, काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष वाेर्णबहादुर कार्कीले अनलाईन मिडियालाई वर्गीकरण गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले अनलाईनबाट छिटाे सूचना नागरिककाे माझमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्ने भएकाले राज्यकाे तर्फबाट नीति नियम बनाएर पत्रपत्रिकालाई जस्ताे लाेककल्याणकारी विज्ञापन/सुचना अनलाइन मिडियालाई पनि उपलब्ध गराउनुपर्ने बताउनुभयाे ।

अाईतबार साझासबाल डटकमका देशभरबाट उपस्थित पत्रकारहरूसँग  प्रेस काउन्सिलकाे कार्यलयमा भएकाे एक कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । अनलाइन मिडिया कान्छाे तर भविश्य राम्राे भएकाे महत्त्वपूर्ण संचार भएपनि केही अनलाइनले यस क्षेत्रलाई बदनाम गराएकाे कार्कीले धारणा राख्नुभयाे । उहाँले अहिले ४ सय जति अनलाईन काउन्सिलमा सूचिकृत रहेकाे र केही बाहिर रहेकाले अागामी दिनमा दुरुपयोग र गलत प्रचार गर्ने मिडियालाई निरूत्साहित गर्नु अहिलेकाे अावश्यकता रहेकाे बताउनुभयाे । उहाँले अनलाईन, रेडियाे, टेलिभिजन, पत्रपत्रिकाले अाचारसंहिता पालना गरे-नगरेकाे नजिकबाट नियालिरहेकाे जानकारी गराउनुभयाे ।


अध्यक्ष कार्कीले पछिल्ला समय राष्ट्रिय समाचार  प्रशारण/ प्रकाशन मात्र बढि गर्दा स्थानीय समाचारले प्राथमिकता पाउन नसकेकाे धारणा राख्दै पत्रकारकाे क्षमता अभिवृद्धि गर्न जिल्लाकाे कुनै एक पत्रकारलाई प्रशिक्षण दिएर उक्त जिल्लाका अन्य पत्रकारलाई तालिम दिने तयारीमा समेत काउन्सिल रहेको बताउनुभयाे । 

अध्यक्ष कार्कीले पत्रकारकाे टाेलीलाई कार्यलयकाे अवलाेकन समेत गराउनुभएकाे थियाे । साझा सबाल डटकमको बिभिन्न जिल्लामा  कार्यरत स्थानीय पत्रकारहरु काउन्सिल अध्यक्ष कार्कीको निमन्त्रणामा आइतबार काउन्सिल पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने