प्रज्वल पाैडेल । भदौ २६, काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष वाेर्णबहादुर कार्कीले अनलाईन मिडियालाई वर्गीकरण गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले अनलाईनबाट छिटाे सूचना नागरिककाे माझमा पुर्याउन महत्त्वपूर्ण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । भदौ २६, काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष वाेर्णबहादुर कार्कीले अनलाईन मिडियालाई वर्गीकरण गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले अनलाईनबाट छिटाे सूचना नागरिककाे माझमा पुर्याउन महत्त्वपूर्ण "/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

अनलाइन मिडियालाई पनि वर्गिकरण गर्नुपर्छ: अध्यक्ष कार्की

२६ भाद्र २०७३, आईतवार १७:०७

प्रज्वल पाैडेल । भदौ २६, काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष वाेर्णबहादुर कार्कीले अनलाईन मिडियालाई वर्गीकरण गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले अनलाईनबाट छिटाे सूचना नागरिककाे माझमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्ने भएकाले राज्यकाे तर्फबाट नीति नियम बनाएर पत्रपत्रिकालाई जस्ताे लाेककल्याणकारी विज्ञापन/सुचना अनलाइन मिडियालाई पनि उपलब्ध गराउनुपर्ने बताउनुभयाे ।

अाईतबार साझासबाल डटकमका देशभरबाट उपस्थित पत्रकारहरूसँग  प्रेस काउन्सिलकाे कार्यलयमा भएकाे एक कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । अनलाइन मिडिया कान्छाे तर भविश्य राम्राे भएकाे महत्त्वपूर्ण संचार भएपनि केही अनलाइनले यस क्षेत्रलाई बदनाम गराएकाे कार्कीले धारणा राख्नुभयाे । उहाँले अहिले ४ सय जति अनलाईन काउन्सिलमा सूचिकृत रहेकाे र केही बाहिर रहेकाले अागामी दिनमा दुरुपयोग र गलत प्रचार गर्ने मिडियालाई निरूत्साहित गर्नु अहिलेकाे अावश्यकता रहेकाे बताउनुभयाे । उहाँले अनलाईन, रेडियाे, टेलिभिजन, पत्रपत्रिकाले अाचारसंहिता पालना गरे-नगरेकाे नजिकबाट नियालिरहेकाे जानकारी गराउनुभयाे ।


अध्यक्ष कार्कीले पछिल्ला समय राष्ट्रिय समाचार  प्रशारण/ प्रकाशन मात्र बढि गर्दा स्थानीय समाचारले प्राथमिकता पाउन नसकेकाे धारणा राख्दै पत्रकारकाे क्षमता अभिवृद्धि गर्न जिल्लाकाे कुनै एक पत्रकारलाई प्रशिक्षण दिएर उक्त जिल्लाका अन्य पत्रकारलाई तालिम दिने तयारीमा समेत काउन्सिल रहेको बताउनुभयाे । 

अध्यक्ष कार्कीले पत्रकारकाे टाेलीलाई कार्यलयकाे अवलाेकन समेत गराउनुभएकाे थियाे । साझा सबाल डटकमको बिभिन्न जिल्लामा  कार्यरत स्थानीय पत्रकारहरु काउन्सिल अध्यक्ष कार्कीको निमन्त्रणामा आइतबार काउन्सिल पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव