७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढी भाडा लिने सवारीको भाडा फिर्ता गराइयो

२७ भाद्र २०७३, सोमबार ०७:०१

भदौ २७, चितवन । स्थानीय प्रशासनले बढी भाडा लिइ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट प्रत्येक यात्रुलाई रु १०० फिर्ता दिलाएर आज गन्तव्यतर्फ पठाएको छ । 

भरतपुरको आँपटारीमा आज बिहानैबाट जाँच गर्दा काठमाडौँका लागि प्रतिव्यक्ति सामान्य सवारी साधनमा रु २७९ र डिलक्समा २० प्रतिशत थप गरी लिन पाउनेमा ती माइक्रोबसले प्रतिव्यक्ति रु ४५० असुल गरेको पाइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार नारायणगढबाट काठमाडौँ १४६ किलोमिटर पर्दछ । सो सडकका लागि यातायात मन्त्रालयले प्रतिव्यक्ति प्रतिकिमी एक रुपैयाँ ९० पैसा भाडादर तोकेको छ । 

डिलक्सले २० प्रतिशत थप गर्दासमेत ३३४ रुपैयाँ ८० पैसा लिन पाउँछ । तर माइक्रोबस र पर्यटक बसले यात्रुबाट रु ४५० देखि ६०० सम्म भाडा असुल गर्दै आएका छन् । आज नियन्त्रणमा लिएका माइक्रोबसलाई प्रतिव्यक्ति रु १०० फिर्ता गरी सबैलाई टिकट दिएर चलानीसहित गन्तव्यतर्फ पठाइएको उनले बताए । 

चितवनबाट काठमाडौँ, पोखरालगायतका स्थानमा जाने सवारी साधनमा कडाइका साथ आँपटारीमा भाडादर जाँच गरिएको छ । अटेर गरेर बढी भाडा लिनेलाई नियन्त्रणमा लिएर मुद्दासमेत चलाउने प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए । 

जिल्लाका स्थानीय मार्गमा सरकारले तोकेभन्दा दोब्बरसम्म भाडा असुल गर्दै आएको पाइएकाले स्थानीय प्रशासनले तोकेको मार्गमा नचलाउने, बढी भाडा लिन प्रश्रय गर्ने ११ यातायात व्यवसायीलाई एक रात हिरासतमा राखेर आइतबार छाडेको थियो । सरकारले तोकेको दरबमोजिम भाडा लिने सहमतिमा व्यवसायी छुटे पनि सो भाडादरमा घाटा हुने भन्दै आज पनि जिल्लामा स्थानीय मार्गमा म्याजिकबाहेकका सवारी साधन चलेका छैनन् । 

नेपाल यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले तोकेको भाडादरमा सवारी साधन सञ्चालन गर्दा नोक्सान हुने भन्दै व्यवसायी नमानेपछि गाडी सञ्चालन गर्न नसकिएको बताए । प्रजिअ सिंहले सरकारी नियमभन्दा माथि रहेर काम गर्ने अधिकार कसैलाई नभएकाले तोकेअनुरुप काम नगरे कारबाही गरिने  बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो वाणिज्य बैङ्कहरूले नौ महिनामा ४१ अर्बभन्दा बढी खुद नाफा कमायो