२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढी भाडा लिने सवारीको भाडा फिर्ता गराइयो

२०७३, २७ भाद्र सोमबार ०७:०१

भदौ २७, चितवन । स्थानीय प्रशासनले बढी भाडा लिइ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट प्रत्येक यात्रुलाई रु १०० फिर्ता दिलाएर आज गन्तव्यतर्फ पठाएको छ । 

भरतपुरको आँपटारीमा आज बिहानैबाट जाँच गर्दा काठमाडौँका लागि प्रतिव्यक्ति सामान्य सवारी साधनमा रु २७९ र डिलक्समा २० प्रतिशत थप गरी लिन पाउनेमा ती माइक्रोबसले प्रतिव्यक्ति रु ४५० असुल गरेको पाइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार नारायणगढबाट काठमाडौँ १४६ किलोमिटर पर्दछ । सो सडकका लागि यातायात मन्त्रालयले प्रतिव्यक्ति प्रतिकिमी एक रुपैयाँ ९० पैसा भाडादर तोकेको छ । 

डिलक्सले २० प्रतिशत थप गर्दासमेत ३३४ रुपैयाँ ८० पैसा लिन पाउँछ । तर माइक्रोबस र पर्यटक बसले यात्रुबाट रु ४५० देखि ६०० सम्म भाडा असुल गर्दै आएका छन् । आज नियन्त्रणमा लिएका माइक्रोबसलाई प्रतिव्यक्ति रु १०० फिर्ता गरी सबैलाई टिकट दिएर चलानीसहित गन्तव्यतर्फ पठाइएको उनले बताए । 

चितवनबाट काठमाडौँ, पोखरालगायतका स्थानमा जाने सवारी साधनमा कडाइका साथ आँपटारीमा भाडादर जाँच गरिएको छ । अटेर गरेर बढी भाडा लिनेलाई नियन्त्रणमा लिएर मुद्दासमेत चलाउने प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए । 

जिल्लाका स्थानीय मार्गमा सरकारले तोकेभन्दा दोब्बरसम्म भाडा असुल गर्दै आएको पाइएकाले स्थानीय प्रशासनले तोकेको मार्गमा नचलाउने, बढी भाडा लिन प्रश्रय गर्ने ११ यातायात व्यवसायीलाई एक रात हिरासतमा राखेर आइतबार छाडेको थियो । सरकारले तोकेको दरबमोजिम भाडा लिने सहमतिमा व्यवसायी छुटे पनि सो भाडादरमा घाटा हुने भन्दै आज पनि जिल्लामा स्थानीय मार्गमा म्याजिकबाहेकका सवारी साधन चलेका छैनन् । 

नेपाल यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले तोकेको भाडादरमा सवारी साधन सञ्चालन गर्दा नोक्सान हुने भन्दै व्यवसायी नमानेपछि गाडी सञ्चालन गर्न नसकिएको बताए । प्रजिअ सिंहले सरकारी नियमभन्दा माथि रहेर काम गर्ने अधिकार कसैलाई नभएकाले तोकेअनुरुप काम नगरे कारबाही गरिने  बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित