१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरेनिया बजार जान रोक लगाएसँगै नेपाली व्यवसायी उत्साहित

९ भाद्र २०७९, बिहीबार ०९:२६

भदौ ९, भैरहवा | भारतीय सीमा क्षेत्रमा लाग्ने झण्डीबजार (फरेनिया) जान रोक लगाएसँगै नेपालतर्फको बजारमा चहलपहल बढ्न थालेको छ । हरेक शनिबार र बुधबार लाग्दै आएको बजारमा नेपालीलाई जान स्थानीय प्रशासनले रोक लगाएसँगै यसकाे प्रभाव नेपाली बजारमा देखिन थालेको हो ।


बढ्दै गएको कोभिड संक्रमण, सुरक्षा चुनौती र भिडभाडलाई नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसीएमसीको प्रस्तावमा प्रशासनले बजार जान रोक लगाएको हो । रोक लगाएसँगै बजार जाने मुख्य बाटो मेउडिहवा र नौडिहवामा सुरक्षाकर्मीले बजार भर्न जानेलाई फर्काउने गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली बजार क्षेत्रमा जाने सवैसाधरणलाई सम्झाई बुझाई फर्काउने गरेकाे छ । एक महिनादेखि फर्काउन लागेकोले अहिले बजार जानेको संख्या न्यून रहेको सशस्त्र प्रहरीले जनाएकाे छ ।  

सुरक्षाकर्मीले मेउडिहवा चोकबाट नै बजार गर्न मुख्यबाटो प्रयोग गर्न नदिएपछि नेपालीहरु भित्रीबाटो हुदै खेतखेतबाट पनि छिटफुट बजार पुग्ने गरेका छन । भारतिय भुमिमा लाग्ने यो बजार कोरोना जोखिमका कारण केही समय मात्रै बन्द थियो,  खुला सिमाका कारण बजारमा अहिले नेपालीहरु जोखिम मोलेर खेत खेतकै बाटो भएर पनि जाने गरेका छन । 


तीन दशकभन्दा बढीदेखि लाग्दै आएको बजार खुला सीमाना र प्रहरीको निगरानी कम भएकाले नुनदेखि सुन पाउने थलोको रुपमा रहेको छ । यहाँ बजार भर्न रुपन्देही मात्रै होइन, कपिलवस्तु र नवलपरासी पाल्पासम्मका नेपाली उपभोक्ता आउने गर्थे । सस्तोको नाममा गुणस्तरहीन वस्तु लिएर जान थालेपछि यो बजारको आलोचना हुने गरेकाे छ । नेपाली उद्योगी व्यवसायीले पनि बजार जान बन्द गर्नु पर्ने माग गर्दै आएका थिए । 

‘सीमा क्षेत्रका उद्योगी व्यवसायीलाई नराम्री प्रभावित पारेकाे यो बजार बन्द हुनुपर्छ भन्ने हामीले वर्षाैदेखि आवाज उठाइरहेका थियौं । यस हाम्रो समर्थन छ, यसले हाम्रो बजार विस्तारै प्रवर्द्धन हुँदै गएको छ ।’ उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले भने, 'उपभोक्तहरू सस्तोको नाममा गुणस्तरहीन वस्तु उपभोग गरिरहेका थिए, यसले स्वास्थ्यमा अल्पकालिन र दीर्घकालिन समस्या निमत्याउँछ ।'

बजार जाने मेउडिहवा, रानीगाँउ र पूर्व नौडिहवाको चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भए पनि अन्य भित्री, छेउछाउका नाका र खेतबाट नेपालीहरू बजार भर्न गइरहेका छन् । कोरोनाभन्दा पनि सस्तोमा सामान पाइने भएकोले खेत खेतको बाटो भएर किनमेल गर्न जाने गरेको एक उपभोक्ताले बताए । 

साग, सब्जी, घरायसी वस्तु र लत्ताकपडाका अलावा यहाँ माछा मासु पनि निकै सस्ताे पाइने उपभाेक्ताकाे भनाइ छ । डम्पिङ साइड नजिकै र खुला आकाशमुनि लाग्ने बजारमा पाइने माछा मासु निकै फाेहाेर देखिन्छन् । तर, नेपाली बजारमा भन्दा सस्तोमा पाइने भन्दै सर्वसाधरण पुग्ने गरेका थिए । 

सिमावर्ती क्षेत्रमा लाग्ने यस्ता बजारले वार्षिक करोडौं नेपाली मुद्रा बाहिरिने गरेको छ । करको दायरामा आएका र प्रक्रियागत रुपमा व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीलाई यो बजारले प्रत्यक्ष मार पार्ने गरेकोे सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने बताए । खुला र विनाभन्सार सामान आउँदा नेपाली बजारलाई प्रतिस्पर्धा गर्न पनि गाह्राे हुने गरेकाे छ । 

सस्तो हुन्छ भन्ने मानसिकताले भारतीय बजारले प्रसय पाएको थियो । भैरहवामै गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने थाहा हुँदा पनि भारत जाने गरेको छन् ।  यस्ता खालका बजारलाई निरुत्साहित गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च सिद्धार्थनगरका अध्यक्ष नरेन्द्र राज भण्डारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता