१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर महानगरपालिकाले दुई हजार जना युवालाई निःशुल्क तालिम दिने

१९ भाद्र २०७९, आईतवार ११:२३

भदौ १९, भरतपुर | भरतपुर महानगरपालिकाले दुई हजार जना युवालाई निःशुल्क तालिम प्रदान गर्ने भएको छ ।  चालु आर्थिक वर्ष ०७९र०८० मा महानगरपालिकाले युवाहरूलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम ६ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिइन् । युवाले इच्छा गरे अनुरुप महानगरपालिकाले प्राविधिक तालिम दिनेछ । भरतपुर बहुप्राविधिक शिक्षालय जगतपुरले आयोजना गरेको २८ दिने वेकरी तालिमको समापन कार्यक्रममा बोल्दै मेयर दाहालले रोजगारी प्रवर्द्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको उल्लेख गरिन् ।  

तालिमका लागि छिट्टै प्रस्ताव आह्वान गर्ने गरी महानगरपालिकाले प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । ‘महानगरको नीति तथा कार्यक्रमले उत्पादन र रोजगारीलाई जोड दिएको छ, उनले भनिन्,‘उत्पादन वृद्धि गर्ने र लागत घटाउने नीति लिएका छौँ । अबको प्राथमिकता उत्पादन र रोजगारी प्रवर्द्धन गर्ने नै हो ।’मेयर दाहालले भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, सिटीहल निर्माण सम्पन्न भएसँगै ठुलै संख्यामा रोजगारी सिर्जना हुने बताइन् । भरतपुरमा भइरहेको सहरीकरणले दक्ष जनशक्तिको माग पनि वृद्धि हुँदै गएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक