२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

घाँस काट्न गएका धनुषाका दुई युवती मृत फेला

२०७९, २२ भाद्र बुधबार ०८:५०

भदौ २२, धनुषा | धनुषा नगराईन नगरपालिकामा दुई युवतीको शव फेला परेको छ। नगराईन नगरपालिका ६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक नगराईन नगरपालिका ७ स्थित डेवडिया बस्ने दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थि हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा छन्। मंगलवार दिउँसो दुबै जना घाँस काट्न भन्दै घरबाट निस्किएका थिए।

चउरमा घाँस काट्न गएका महिलाले उनीहरुको शव देखेपछि ईलाका प्रहरीलाई खबर गरेका थिए। शवको प्रकृति हेर्दा दुबै जना विष सेवन गरेको देखिए पनि घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनीहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमपछि थप कुरा खुल्ने अनुसन्धानमा खटिएका एक प्रहरीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै