भदौ २८, गौशाला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपाली निर्घात कुटिएका छन् । 

सोमबार दिउँसो करिब ३ बजेको समयमा भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, गौशाला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपाली निर्घात कुटिएका छन् । 

सोमबार दिउँसो करिब ३ बजेको समयमा भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय एसएसबीद्वारा दुई नेपाली निर्घात कुटिए

२८ भाद्र २०७३, मंगलवार ०२:५३

भदौ २८, गौशाला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपाली निर्घात कुटिएका छन् । 

सोमबार दिउँसो करिब ३ बजेको समयमा भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका जवानले नेपालतर्फ मटिहानी–७ मा प्रवेश गरी स्थानीयवासी गणेश चौधरी र महेश महतोलाई निर्घात कुटपिट गरेका हुन् । 

एसएसबीले उनीहरुलाई लट्ठी र बुटले कुटेपछि उनीहरु गम्भीर घाइते भएका छन् भने उनीहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । मधवापुर बजारबाट दुईजना भारतीय नागरिक तस्करी गरी दुई बोरा सिमेन्ट बोकेर नेपाल प्रवेश गर्न लाग्दा एसएसबीले सीमामा उनीहरुलाई रुक्न भनेका थिए भने उनीहरु त्यहाँबाट भागेर नेपाल प्रवेश गरी मटिहानी–७ बाट अचानक बेपत्ता भएका थिए । 

यसैबीच, मटिहानी–७ स्थित आफ्नो घरबाहिर बसिरहेका गणेश चौधरी र महेश महतोलाई नै एसएसबीले तस्करीमा संलग्न रहेको भन्दै निर्घात कुटपिट गरेको पीडितले बताएका छन् । 

यसले गर्दा मटिहानी र मधवापुरको सीमा नाकामा स्थानीय र एसएसबीबीच तनाव पैदा भएको छ । सो सीमा नाका दिउँसोदेखि अवरुद्ध रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव