२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सालकको अध्ययन अनुसन्धान गर्न स्वीकृति

२०७३, २८ भाद्र मंगलवार ०३:२०

भदौ २८, बनेपा । काभ्रेपलाञ्चोकका दुई सामुदायिक वनमा दुर्लभ स्तनधारी वन्यजन्तु सालकको अध्ययन तथा अनुसन्धान गर्न वन विभागले स्वीकृति दिएको छ । 

जिल्ला वन कार्यालय, धुलिखेल र प्राकृतिक सम्पदा नेपालले संयुक्तरुपमा सोमबार बनेपाको बुडोलमा गरेको समुदायमा आधारित दुर्लभ र सङ्कटापन्न कालो सालकसम्बन्धी अन्तरक्रियामा सो जानकारी दिइएको हो । 

जिल्लाको कटुवापाखा सामुदायिक वन र बाँसखर्क सामुदायिक वनमा दुर्लभ सालकको बासस्थान बढी भेटिएकाले ती क्षेत्रमा सालकको सूक्ष्म अध्ययन तथा अनुसन्धान गर्न स्वीकृति दिइएको जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । 

गैरसरकारी संस्था प्राकृतिक सम्पदा नेपालले क्यामेरा ट्र्यापिङमार्फत नै स्तनधारी वन्यजन्तु सालकको अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धानकर्ता प्रतिभा कसपालले जानकारी दिनुभयो । 

“यो अत्यन्तै लजालु स्वभाव र संवेदनशील भएकाले यसको अध्ययन जटिल भएको छ”, उहाँले भन्नुभयो । अनुसन्धानकर्ता कसपालले सालक संरक्षणमा सरकारी क्षेत्रबाट ध्यान नदिएको गुनासो गर्दै सालकको संवेदनशीलता विषयमा सामुदायिक वन उपभोक्तालाई तालिम दिएर सालक संरक्षणमा सक्षम बनाउने बताउनुभयो । 

जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले सालक संरक्षणका लागि खास बजेट नभएको उल्लेख गर्दै जिल्लाको रातो माटो भएको र चौडापाते वनमा यसको बासस्थान रहेको जानकारी दिनुभयो । नेपालमा कालो सालक र तामे, रातो सालक पाइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित