१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलालीमा किशोरी बलात्कार प्रकरण : बियर खुवाएर सामूहिक बलात्कार गरेको खुलासा

२७ भाद्र २०७९, सोमबार १२:०८

भदौ २७, टीकापुर |  कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकाको सुख्खडमा सामूहिक बलात्कारको शिकार भएकी १५ वर्षीया किशोरीलाई उनकै चिनजानका साथीले बियर ख्वाएर सामूहिक बलात्कार गरेको खुलासा भएको छ ।

कैलालीमा १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

भदौ २१ गते राति चिनजानका साथीहरुले खाजा खान होटलमा लगेर बियर खुवाई सामूहिक बलात्कार गरेको खुलासा भएको हो । 

गौरा पर्वको अवसरमा आयोजित देउडा हेर्न गएकी ती किशोरीलाई खाजा खान जाऊ भन्दै होटलमा लगेर बियर खुवाएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताए।

किशोरीले प्रहरीलाई दिएको जाहेरीका आधारमा प्रहरीले सामूहिक बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका वडा नं. १ का १८ वर्षीय हिमाल सापकोटा, २० वर्षीय एसु सापकोटा र घोडाघोडी नगरपालिका वडा नं. २ बस्ने १८ वर्षीय बसन्त बिष्टलाई पक्राउ गरेको छ । 

प्रहरीका अुनसार घटनामा संलग्न रहेका एकजना आरोपी फरार छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

प्रहरीमा दिएको जाहेरी अनुसार देउडा हेरिरहेका बेला चिनजानकै एकजनाले पीडित किशोरीलाई अर्की एक साथीसँगै होटलमा खाजा खाना भनेर लगेका थिए । खाजा खाने बेला ती किशोरीलाई बियर खुवाइएको थियो । आफ्नो घर नजिकै पुगेपछि किशोरीकी साथी छुटिएर घर हिँडेकी थिइन् । 

प्रहरीका अनुसार घर नजिकै छोडेर उनकी साथी आफ्नो बाटो लागेपछि पिछा गर्दै पुगेका एकजनाले राति भइसकेकाले आफ्नै घरमा बस्न कर गरेका थिए । 

ती किशोरको आग्रह स्वीकार गर्दै ती किशोरी युवकको घरमा गएकी थिइन् । किशोरीलाई बाहिरबाट ढोका थुनेर अरु तीनजना साथीहरु बोलाएर पालैपालो बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

आत्महत्याको प्रयास

डीएसपी जोशीका अनुसार ती किशोरीले भोलिपल्ट साथीलाई घटनाबारे बताएकी थिइन् । उनकी साथीले प्रहरीमा उजुरी गर्न आग्रह गरे पनि बदनाम हुने भन्दै भदौ २३ गते आत्महत्या गर्न स्यानिटाइजर पिएकी थिइन् । 

स्यानिटाइजर पिएर बाटोमा बेहोस् अवस्थामा भेटिएकी उनलाई सुख्खड प्रहरीले उपचारका लागि घोडाघोडी अस्पताल पुगाएपछि घटना बाहिरिएको हो । 

किशोरीले आत्महत्या गर्ने प्रयास गरेपछि उनका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । अस्पतालमा उपचारपछि उनको होस् खुल्दा उनले आफूमाथि घटेको घटनाबारे बताएकी थिइन् । 

त्यसपछि चारजनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती किशोरीका तर्फबाट इलाका प्रहरी कार्यालय सुख्खडमा भदौ २३ गते नै जाहेरी दर्ता भएको थियो । आरोप लागेका चारजनामध्ये तीनजनालाई प्रहरीले २४ गते नै पक्राउ गरिसकेको छ । 

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डीएसपी लक्ष्मण शाहीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट