२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच दोहोरो गोली हानाहान

२०७९, २९ भाद्र बुधबार ०५:०३

भदौ २९, धनुषा | धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान भएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

सोमबार अबेर राति पोर्ताहा प्रहरीचौकीबाट प्रहरी नायब निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा गोली हानाहान भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा उनीहरूले फायर गरेपछि जवाफी कारबाहीमा प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी समूहका एक जनालाई बायाँ खुट्टामा गोली लागेर घाइते अवस्थामा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्थामा सामान्य रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

उनको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ