गणेश सिर्पाली/भदौ २८, रुकुम । लामो कसरत पछि रुकुममा १० ओटा स्थानिय तह वनाउने सहमति भएको छ । २ नगरपालिका र ८ ओटा गाउँपालिका गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/भदौ २८, रुकुम । लामो कसरत पछि रुकुममा १० ओटा स्थानिय तह वनाउने सहमति भएको छ । २ नगरपालिका र ८ ओटा गाउँपालिका गर"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

रुकुममा १० ओटा स्थानिय तहमा सहमति जुट्यो

२८ भाद्र २०७३, मंगलवार ०७:०७

गणेश सिर्पाली/भदौ २८, रुकुम । लामो कसरत पछि रुकुममा १० ओटा स्थानिय तह वनाउने सहमति भएको छ । २ नगरपालिका र ८ ओटा गाउँपालिका गरी १० ओटा स्थानिय तह बनाउने निर्णय गरिएको हो । 

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति रुकुम र जिल्ला स्थित राजनितिक दलहरुको बैठकले १० ओटा स्थानिय तह बनाउने सहमति गरेको हो । जिल्लाका विभिन्न ठाउँमा भएका कार्यक्रमबाट आएका सल्लाह, सुझाव र जिल्ला स्तरिय छलफलबाट जिल्लामा १० ओटा स्थानिय सरकार बनाउने सहमति भएको थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानिय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । 

जिल्लामा भएको निर्णयलाई स्थानीय तह निर्धारण आयोगमा पठाईने उहाँले बताउनुभयो । देशभरमा ५ सय ६५ ओटा स्थानिय तह रहने स्थानीय तह निर्धारण आयोगको प्रस्ताव अनुशार रुकुममा २ ओटा नगरपालिका र ४ ओटा गाउँपालिका गरी ६ ओटा स्थानिय तह हुने भनिएको थियो । 

तर जिल्लाको भौगोलिक अवस्था र सेवा सुविधा प्रवाहका हिसावले जिल्लामा स्थानिय तहको संख्या बढाउनुपर्ने आवाज उठेको थियो । जिल्ला भरबाट आएका सुझाव र प्राविधिक समिति तथा राजनितिक दलको छलफलबाट १० ओटा स्थानिय तहको माग गर्ने सहमति भएको प्राविधिक समितिका संयोजक शर्माले बताउनुभयो । 

अहिलेको सहमति अनुशार कोलको त्रिवेणी, हुकामको गरघाट, मोरावाङको सिसाघारी, रुकुमकोट, बाँफिकोटको छिनखेत, आठविसकोटको राडिज्युला, सिम्ली, मुसिकोट नगरपालिकाको खलंगा, रुघाँको सिमु्रुतुमा स्थानिय तहका केन्द्र बन्ने छन् । 

त्यस्तै चौरजहारी नगरपालिकाको केन्द्रभने तय भएको छैन् । चौरजहारी बजारमा केन्द्र बनाउने की खोलागाउँ चन्द्रबजारमा बनाउने भन्ने सहमति नजुट्दा केन्द्रको टुंगो नलागेको बताईएको छ । 

सिसफारिस गरिएका ९ ओटा स्थानिय तहको नामांकन पनि गरिएको छ । जसमा पुथा स्वायत्त, उत्तरगंगा स्वायत्त, भूम्या स्वायत्त, सिसाघारी, सिस्ने, स्यार्पू, मुसीकोट, सानी भेरी, त्रिबेणी नगर तथा गाउँपालिका वनाउने सहमति भएको हो । 

चौरजहारी नगरपालिका, खोलागाउँ, नुवाकोटका केहि वडा र पुर्तिमकाँडाका केहि वडाहरुलाई मिलाएर वन्ने नगरपालिको नाम भने स्थानीय तहको निर्बाचन पछिको नगर परिषदबाट गर्ने सहमति जुृटेको स्थानिय तह पुर्नसंरचना प्राविकि सहयोग समितिले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव