२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलैयामा नागरिकता माग्दा सम्पत्ति दिनुपर्ने भन्दै हत्या

२०७९, ३ आश्विन सोमबार ०७:०६

असोज ३, कलैया | कलैया उपमहानगरपालिका–७ का शिवनारायण यादवका दुई श्रीमती बीच सधैजसो घर झगडा हुन्थ्यो । 

जेठी श्रीमती ५५ वर्षीय तेतरी देवीका सन्तान थिएनन् भने उनको नागरिकता पनि बनाइएको थिएन । यादवले कान्छी श्रीमती धनमन्ती देवी र उनका २ छोराको भने नागरिकता बनाइदिएका थिए । सन्तान नभएका कारण तेतरीलाई लोग्ने, सौता र उनका छोराहरूले हेला गर्थे । तेतरी लोग्नेसँग सधै नागरिकता बनाइदिन अनुरोध गर्थिन् तर बिहे गरेको ४० वर्ष बितिसक्दा पनि शिवनारायण यादवले जेठी श्रीमती तेतरीलाई नागरिकता बनाउन कहिल्यै चासो देखाएनन् । गत भदौ ३० गते बिहीबार साँझ तेतरी घाँस दाउरा गरेर घरबाहिर बाटो छेउमा बसिरहेकी थिइन् ।


घरमा नागरिकता कै विषयमा सामान्य वादविवाद भइरहेको थियो । कान्छी श्रीमती धनमन्ती देवी भने सम्पत्ति दिनुपर्ने भन्दै नागरिकता नबनाउन लोग्नेलाई दबाब दिइरहेकी थिइन् ।यही विषयमा विवाद बढ्दै गएपछि कान्छी स्वास्नीको तर्फको जेठो छोरा जयप्रकाश यादवले धारिलो हतियार प्रयोग गरेर तेतरीको हत्या गरेका छन् । हत्या गरेर जयप्रकाश र उनकी आमा धनमन्ती देवी फरार भएको स्थानीयहरूले बताएका छन् ।

जयनारायण यादवले यसअघि पनि तेतरीलाई पटक–पटक यातना दिएको मृतकका माइती पक्षले बताएका छन् । मृतक तेतरीका दाजु लक्ष्मी राउतले जिल्ला प्रहरी कार्यालय बारामा शिवनारायण यादव, जयकिशोर यादव र धनमन्ती देवी यादवको नाममा किटानी जाहेरी दिएका छन् । जाहेरीमा मृतक तेतरी देवीलाई लोग्ने, कान्छी स्वास्नी (सौता) छोराहरू मिलेर अंश नदिने उद्देश्यले नागरिकता समेत नबनाइदिएको, खान लाउन माग्दा घरमा विवाद हुने गरेकाले लोग्ने, कान्छी श्रीमती र छोराले नियोजित ढङ्गले हत्या गरिएको उल्लेख छ । पोस्टमार्टमपछि मृतकका तेतरीको दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने