भदौ २८, काठमाडौं । नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ठुलो दुर्घटनाबाट जोगिएको छ ।
भारतको नयाँदिल्लीबाट उडेको विमान दिउँसो १२ बजेर ४० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो ।
विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको छ । विमानमा रहेका यात्रुहरु भने सुरक्षित रहेको बताइएको छ ।
आर ए २०६ विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले जनाएको छ ।
विमानमा भारत भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री प्रकाशशरण महत समेत थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
फोटो: फाइल तस्बिर