भदौ २८, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ । 

यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको जनाएको छ । प्रध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ । 

यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको जनाएको छ । प्रध"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात प्रदेशमा मेडिकल कजेल स्थापनाको कार्ययोजना

२८ भाद्र २०७३, मंगलवार ०८:२३

भदौ २८, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ । 

यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनिराम पौडेलसहित माथेमा आयोगका सदस्यबीच आज बालुवाटारमा भएको छलफलमा मन्त्रालयले सो जानकारी गराएको हो । 

प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसद्को भदौ २३ गतेको बैठकमा सात प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने जानकारी दिनुभएको थियो । 

स्वास्थ्यमन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले प्रधानमन्त्रीको सम्बोधनलाई तत्काल कार्यान्वयनमा उतार्न मन्त्रालयले तयार गरेको कार्ययोजनाका बारेमा प्रम दाहाललाई जानकारी गराइएको जानकारी दिनुभयो । 

उहाँका अनुसार सो अवसरमा डा गोविन्द केसी र सरकारबीच आठौँ अनशन अन्त्यका क्रममा भएका सहमतिका बारेमा छलफल भएको थियो । 

हाल व्यवस्थापिका–संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तत्काल अगाडि बढाउन व्यवस्थापिका–संसद्लाई अनुरोध गर्ने, प्रस्तावित विधेयकलाई संशोधनमार्फत डा केसीका मागलाई सम्बोधन गर्ने प्रयास गर्ने, त्रिविवि चिकित्सा अध्ययन संस्थानमा तत्काल डिन नियुक्तको प्रक्रिया अगाडि बढाउने, चिकित्सा शिक्षा विधेयक सदनबाट पारित नभएसम्मका लागि नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने विषयमा पनि छलफल भएको थियो । 

डा केसी र सरकारबीच भएको सम्झौताअनुसार प्रस्तावित मनमोहन मेडिकल कलेजको भौतिक सम्पत्तिलाई खरिद गर्ने प्रक्रियाका बारेमा पनि छलफल भएको थियो । 

सल्लाहकार पौडेलले प्रस्तावित विधेयकलाई भोलि बस्ने व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गर्न लागेको जानकारीसमेत दिनुभयो । 

सो अवसरमा प्रधानमन्त्री दाहालले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र डा केसी र सरकारबीच भएका सम्झौतालाई पूरा गर्न निर्देशन दिनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव