भदौ २८, जाजरकोट । यहाँका अधिकांश सामुदायिक विद्यालयका शिक्षकका छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २८, जाजरकोट । यहाँका अधिकांश सामुदायिक विद्यालयका शिक्षकका छ"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामुदायिक विद्यालयका शिक्षकका छोराछोरी निजी विद्यालयमा

२०७३, २८ भाद्र मंगलवार ०८:३३


भदौ २८, जाजरकोट । यहाँका अधिकांश सामुदायिक विद्यालयका शिक्षकका छोराछोरी निजी विद्यालयमा पढने गरेका छन् । 

जिल्लाका ४४४ सामुदायिक विद्यालयका अधिकांश शिक्षकले आफ्नो छोराछोरी महँगा तथा सदरमुकाममा निजी विद्यालयमा पढाउने गरेको पाइएको छ । 

आफ्ना छोराछोरी निजीमा पढाउने र गरिब जनताका छोराछोरीलाई सामुदायिक विद्यालयमा राम्रोसँग नपढाउने गरेका कारण सामुदायिक विद्यालयप्रतिको शैक्षिक गुणस्तरप्रति विश्वास हराएको अभिभावक बताउँछन् । शिक्षक नेताका छोराछोरी नै सबैभन्दा महँगा विद्यालयमा पढ्ने गरेको पाइएको छ । 

केही शिक्षक राजनीतिक दलका कार्यकर्ता भएका कारण शैक्षिक सुधारभन्दा पनि विद्यालयमा राजनीतिक गफ बढी गर्ने गरेको पाइएको छ । 

राजनीतिक दलको बैठक, जिल्लामा हुने अधिकांश बैठकमा समेत शिक्षक राजनीतिक दलको प्रतिनिधि भएर उपस्थित भएको पाइएको छ । केही शिक्षकले निजी विद्यालय खोलेर पूरै ध्यान त्यतैतिर दिने गरेको अभिभावकले बताएका छन् । 

निजीमा पढाएर प्रवेशिका परीक्षामा सामुदायिक विद्यालयबाट परीक्षा दिन लगाउने गरेको पनि पाइएको छ । सबैले सामुदायिक विद्यालयमा छोराछोरी पढाउँभन्दा पैसा हुनेले जहाँ पढाए पनि हुन्छ भनेर ठूला कुरा गर्ने गरेको सक्ला–१ का धनबहादुर खत्रीले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समिति गठन गर्दा अभिभावकलाई विभिन्न प्रलोभनमा पारेर आफू अनुकूलको विद्यालय व्यवस्थापन समिति गठन गर्न सबै शिक्षक एकजुट हुने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन