२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

दाइजोमा गाडी नदिएको र छोरा नपाएको भन्दै बैंक मेनेजरद्वारा श्रीमतीको हत्या!

२०७९, ७ आश्विन शुक्रबार १२:१८

असोज ७, वीरगञ्ज | वीरगञ्जका एक बैंकका म्यानेजरले माग अनुसार दाइजो नपाएको कारण श्रीमतिको हत्या गरेको आरोप माइती पक्षले लगाएका छन् । 

चितवनको भरतपुर महानगरपालिका-१ की पिंकी कुर्मीको बिहे बाराको कलैया उपमहानगर-१ मोतीबागका दिपेन्द्र कुर्मीसँग २०६७ मंसिर १४ मा सामाजिक परम्परा अनुसार धुमधामसँग नै भएको थियो। बिहेका बेला दाइजोमा माइतीले ४० लाख नगद र १० तोला सुन पनि दिए।  


मृतक पिंकी कुर्मीकी दिदी सपना कुर्मीले आफ्नी बहिनीलाई बिहेमा गाडी दाइजोमा नदिएको भन्दै बारास्थित कलैया उपमहानगरपालिका–१ निवासी मुरारी राउत कुर्मीका छोरा वीरगञ्जको श्रीपुरस्थित नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक दीपेन्द्र प्रसाद जैसवारले परिवारसँग मिलेर हत्या गरेको आरोप लगाएकी हुन् ।

उनले १२ वर्ष अघि बहिनी पिंकीको बिहेमा ससुराली पक्षले माग गरे अनुसार ४० लाख रुपैया, १० तोला सुन, कपडालत्ताहरु दिइजो दिँदासमेत उनीहरुले गाडीको माग गरेको र माइती पक्षले गाडी नदिँदा पिंकीले घरेलु हिंसा भोग्दै आएकी सपना कुर्मीले बताइन् । पिंकीले जब पहिलो सन्तानका रूपमा छोरी साँचीलाई जन्म दिइन् त्यसपछि परिवारका सदस्यले त्यसको निहुँमा झन धेरै मानसिक र शारीरिक यातना दिन सुरु गरे। उनले लामो समयदेखि बहिनीमाथि भएको घरेलु हिंसाको विरुद्धमा आफूहरु प्रशासनमा जाँदा राजनीति दलहरुका ठूलठूला नेताहरुको दबाबमा मिलापत्र गराउन लागएको आरोप समेत लगाएकी छन् ।


पछिल्लो पटक गत भदौ २७ गते श्रीमान तथा परिवारको कुटाईबाट गम्भीर घाइते भएकी पिंकीको वीरगञ्जस्थित एडभान्स मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि २८ गते चितवन मेडिकल कलेज लगिएको थियो ।

टाउकोमा गम्भीर चोट लागेको कारण उनको चितवनमा टाउकोको शल्यक्रिया गरिएको थियो । पिंकीको स्वास्थ्य जटिल भएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पु¥याइएको थियो । उनको उपचारको क्रममा असोज २ गते मृत्यु भएको थियो ।

अस्पतालबाट प्राप्त पोस्टमार्टम रिर्पोट अनुसार उनको शरीरभरी चोटपटक लागेको र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको मृतकका भाइ मनिष कुर्मीले बताए । यसैबीच बारा प्रहरीले हत्या आरोपमा अनुसन्धानका लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

पीडित पक्षले गत असोज ४ गते महिलाको हत्या आरोपमा काका ससुरा जगत प्राद जैसवार, ससुरा मुरारी राउत जैसवार, सासु मन्तुरा राउत जैसवार, पति दीपेन्द्र प्रसाद जैसवारविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो । जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरीक्षक होबीन्द्र बोगटीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु