२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

दाइजोमा गाडी नदिएको र छोरा नपाएको भन्दै बैंक मेनेजरद्वारा श्रीमतीको हत्या!

७ आश्विन २०७९, शुक्रबार १२:१८

असोज ७, वीरगञ्ज | वीरगञ्जका एक बैंकका म्यानेजरले माग अनुसार दाइजो नपाएको कारण श्रीमतिको हत्या गरेको आरोप माइती पक्षले लगाएका छन् । 

चितवनको भरतपुर महानगरपालिका-१ की पिंकी कुर्मीको बिहे बाराको कलैया उपमहानगर-१ मोतीबागका दिपेन्द्र कुर्मीसँग २०६७ मंसिर १४ मा सामाजिक परम्परा अनुसार धुमधामसँग नै भएको थियो। बिहेका बेला दाइजोमा माइतीले ४० लाख नगद र १० तोला सुन पनि दिए।  


मृतक पिंकी कुर्मीकी दिदी सपना कुर्मीले आफ्नी बहिनीलाई बिहेमा गाडी दाइजोमा नदिएको भन्दै बारास्थित कलैया उपमहानगरपालिका–१ निवासी मुरारी राउत कुर्मीका छोरा वीरगञ्जको श्रीपुरस्थित नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक दीपेन्द्र प्रसाद जैसवारले परिवारसँग मिलेर हत्या गरेको आरोप लगाएकी हुन् ।

उनले १२ वर्ष अघि बहिनी पिंकीको बिहेमा ससुराली पक्षले माग गरे अनुसार ४० लाख रुपैया, १० तोला सुन, कपडालत्ताहरु दिइजो दिँदासमेत उनीहरुले गाडीको माग गरेको र माइती पक्षले गाडी नदिँदा पिंकीले घरेलु हिंसा भोग्दै आएकी सपना कुर्मीले बताइन् । पिंकीले जब पहिलो सन्तानका रूपमा छोरी साँचीलाई जन्म दिइन् त्यसपछि परिवारका सदस्यले त्यसको निहुँमा झन धेरै मानसिक र शारीरिक यातना दिन सुरु गरे। उनले लामो समयदेखि बहिनीमाथि भएको घरेलु हिंसाको विरुद्धमा आफूहरु प्रशासनमा जाँदा राजनीति दलहरुका ठूलठूला नेताहरुको दबाबमा मिलापत्र गराउन लागएको आरोप समेत लगाएकी छन् ।


पछिल्लो पटक गत भदौ २७ गते श्रीमान तथा परिवारको कुटाईबाट गम्भीर घाइते भएकी पिंकीको वीरगञ्जस्थित एडभान्स मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि २८ गते चितवन मेडिकल कलेज लगिएको थियो ।

टाउकोमा गम्भीर चोट लागेको कारण उनको चितवनमा टाउकोको शल्यक्रिया गरिएको थियो । पिंकीको स्वास्थ्य जटिल भएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पु¥याइएको थियो । उनको उपचारको क्रममा असोज २ गते मृत्यु भएको थियो ।

अस्पतालबाट प्राप्त पोस्टमार्टम रिर्पोट अनुसार उनको शरीरभरी चोटपटक लागेको र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको मृतकका भाइ मनिष कुर्मीले बताए । यसैबीच बारा प्रहरीले हत्या आरोपमा अनुसन्धानका लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

पीडित पक्षले गत असोज ४ गते महिलाको हत्या आरोपमा काका ससुरा जगत प्राद जैसवार, ससुरा मुरारी राउत जैसवार, सासु मन्तुरा राउत जैसवार, पति दीपेन्द्र प्रसाद जैसवारविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो । जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरीक्षक होबीन्द्र बोगटीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल