१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चाडवाड नजिकिँदै गर्दा ऐसेलुखर्कमा सडक मर्मत सुरु

८ आश्विन २०७९, शनिबार ०७:४६

असोज ८, खोटाङ | चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाई सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठ्माडौं ओहोर–दोहार गर्ने सडक मर्मत तथा सरफाई सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बूलेन्स सञ्चालन एबं चाडवाडका समयमा सहज आवत–जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाई सुरु गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

गाउँपालिकाले वर्षा याममा सडकमा खसेको पहिरो, ढुंगा माटो पन्छाउन सुरु गरेको हो । गाउँपालिका जोड्ने प्रमुख सडक सँगै गाउँपालिकाका ७ वडा जोड्ने सडक पनि मर्मत भइरहेको छ । कतिपय ठाउँमा जेसिभि पठाए र कतिपय ठाउँमा गाउँ प्रहरी परिचालन गरेर सडक मर्मत भइरहेको छ । स्वयं गाउँपालिका अध्यक्ष राई पनि सडक मर्मतमा खटिने गरेका छन् । ‘चाडवाड नजिकिएसँगै शहरबाट गाउँ फर्कने क्रम बाक्लिै गएको छ । पालिकाबासी आफ्नो घरसम्म सहज रुपमा यात्रा गर्न सकुन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘दुःखबिमार भएको बेला सहज रुपमा एम्बुलेन्सको आजत–जावत होस् भन्ने लक्ष्यका साथ सडक मर्मत सुरु गरिएको हो ।’  गाउँपालिकामा वर्षाको भलपानी र पहिरोका कारण सबै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी एम्बुलेन्स सञ्चालनमा कठिनाइ भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुडामणि चापागाईं बने नेप्सेको सीइओ निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका रविलाई सभामुखले के भने? थाइल्यान्ड भ्रमण टोलीमा छन् प्रधानमन्त्री ओलीसहित यी १९ सदस्य गुडिरहेको जिपबाट खसेर गाडी धनीको मृत्यु, चालक पक्राउ सुनको मुल्य इतिहासकै उच्च, तोलाकाे कतिमा हुँदैछ कारोबार? राप्रपा सांसद दीपक बोहराको निधन रवि लामिछानेको निलम्बन फुकुवाको माग गर्दै रास्वपा नेता सभामुखको कार्यालयमा आजदेखि १८ घण्टा विमानस्थल चल्ने, अब रातको १२ बजेसम्म मात्र उडान हुने  बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली आज बैंकक जाँदै लामिछाने पुनः सभापतिको जिम्मेवारीमा पत्रकार सुरेश रजकको परिवारले भेटे प्रधानमन्त्री म हिन्दूराष्ट्रको पक्षमा छुः शशांक कोइराला त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो कुलमानलाई हटाएर जलविद्युत्‌ आयोजनाको पीपीएमा ८ अर्बको लेनदेन गर्दैछन्: झलनाथ खनाल घट्यो सिमेन्टको मूल्य महोत्तरीमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो हुम्लामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए राप्रपा सांसद राणालाई पक्राउ गरिएको संसद्‌मा जानकारी