२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रेक फेल हुँदा बस दुर्घटना: १६ को मृत्यु, ३३ घाइते

२०७९, २१ आश्विन शुक्रबार ००:१८

इन्दिप कोइराला । असोज २१, बारा । वीरगन्जका लागि हिँडेको बस जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । २५ जना घाइते छन ।

बिहिबार बिहान नारायणघाटबाट हिँडेको बसले हेटौडासम्म आउदा ३४ जना बोकेको थियो, हेटौडाबाट पुनः १५ जना यात्रु बसमा थपिए । दशैंको टिकाको दोस्रो दिन एकादशीका दिन आफु आफन्तका टिका लगाउन जाने र फकने यात्रुको निकै भिड रहेको बेलामा बसको क्षामता भन्दा धरै बोकेर हिँडेको बा.प्र ०६–००१ ख ०११० नम्बरको चुरे छोडेर तराई प्रबेश गर्ने अन्तिम घुम्तीमा सडक संगै मोडिनुपर्ने थियो तर त्यो घुम्तीमा बस नघुम्दा १६ जनाको जिबन गुमाए । 

बस अनियन्त्रित हुदाँ सडकबाट पुर्वउत्तर तर्फ करिब सय मिटर तल खोलाको बगरमा खस्यो । दुर्घटनामा १६ जनाले ज्यानले गुमाए । चुरेबाट तराई भर्ने ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको स्याङजा जिल्ला आदिखोला गाँउपालिका ६ बस्ने ४० वर्षीय चालक दिप्ती नारायण ढकालले बताए । 


चुरिया मन्दीरबाट तल गएपछि ब्रेक फेल भएको चालकले थाहा पाए  । ओरालो बाटो यात्रुले भरिएको बस रोक्ने प्रयास गर्दै हर्न बजाउँदै अगाडि लगिरहे तर बस घुम्तीमा अनियन्त्रित भएपछि चालक हाम्फले । बस सडकबाट ११० मिटर तल बगरमा खस्दा १० जनाको घटनास्थलमै, ४ जनाको अस्पताल लैजाने क्रममा र २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीय नन्द कुमारी पुडासैनी, चितवन कालिका रमाईलो चोक बस्ने शंकर कडेलको छेरा १४ वर्षीय सफल कडेल, पर्सा बिरगंज १६ का ६५ वर्षीयसोम प्रसाद चौरासिया, सोही ठाउकी ३६ वर्षीय मन्निदेवी चौरासिया, मकवानपुर हेटौडा ७ की ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउकी १९ वर्षीय सोस्तिका श्रेष्ठ, बारा कलैया १० की ३५ वर्षीय नाजलिन खातुन, बारा जितपुरसिमरा २ का २८ वर्षीय सुरेश बि.क, बारा कलैया १० का २५ वर्षीय ईताजत अंसारी, ओखलढुङ्गाका लाल बहादुर बोगटी, चितवन खैरेनी ५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीय अम्बिका कडेल, धनुषा जनकपुर ५ का ५० वर्षीय कोसन्तोष कुमार रायको मृत्यु भएको हो भने बाकी २ जनाको पहिचान हाल सम्म पनि हुन सकेको छैन । 

घाइतेमध्ये १७ जनाको चितवनका विभिन्न अस्पतालमा, ७ जनाको हेटौडा स्थित चुरेहिल अस्पताल र एक जनाको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यलय अमलेखगंज, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, सशस्त्र प्रहरी बल, नेपाली सेना र जिल्ला सदरमुकामबाट जिल्ला प्रहरी कार्यलय बाराको टोली पुगेको थियो ।

स्थानीयको सहयोगमा दुर्घटनास्थलबाट घाइते र मृतकको शव निकालिएको जिल्ला प्रहरी कार्यलय बाराका प्रमुख तथा प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताए । 

यस्तै प्रहरीको प्रारम्भिक अनुमान बस ओभर स्पिट, डाईभर निदाउदा र ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी निरिक्षक शुशिल आचार्यले बताए ।

यात्रुहरूको सनाखत अझै पूरा भइसकेको छैन । बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने