सञ्चिता घिमिरे/भदौ २९, ललितपुर । पाटन दरबार स्क्वायर र सङ्ग्रहालयका बीचमा एकै ठाउँबाट शुल्क लिने गरी ‘सहमतिपत्र’ मा हस्ताक्षर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सञ्चिता घिमिरे/भदौ २९, ललितपुर । पाटन दरबार स्क्वायर र सङ्ग्रहालयका बीचमा एकै ठाउँबाट शुल्क लिने गरी ‘सहमतिपत्र’ मा हस्ताक्षर"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

पाटन दरबार स्क्वायरमा एकद्वार प्रणाली सुरु

२९ भाद्र २०७३, बुधबार ०५:२१

सञ्चिता घिमिरे/भदौ २९, ललितपुर । पाटन दरबार स्क्वायर र सङ्ग्रहालयका बीचमा एकै ठाउँबाट शुल्क लिने गरी ‘सहमतिपत्र’ मा हस्ताक्षर भएको छ । 

मङ्गलबार दुई निकायबीच एकद्वार प्रणालीबाट पर्यटकसँग शुल्क उठाउने गरेर सहमति भएको हो । पाटन सङ्ग्रहालयमा कार्यालयले नै र दरबार स्क्वायरमा उपमहानगरपालिकाले शुल्क उठाउँदै आएको थियो । एकद्वार प्रणाली आगामी असोज १ गतेदेखि लागू हुँदैछ । एकद्वार प्रणालीमा शुल्कमा पनि पर्यटकलाई केही सहज हुनेछ । एक हजार रुपैयाँ तिरेर पर्यटकले दरबार स्क्वायर र सङ्ग्रहालय दुवैको अवलोकन गर्न पाउनेछन् । 

एकद्वार लागू हुँदा पर्यटकलाई सहज हुने पाटन सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “एकै ठाउँबाट शुल्क लिने र शुल्क पनि कम हुँदा पर्यटकलाई सहज हुनेछ ।” पर्यटकले एक हजार रुपैयाँको शुल्क तिरेर सङ्ग्रहालय र दरबार स्क्वायर दुवैको अवलोकन गर्न पाउनेछन् । यसअघि नगरपालिकाले रु ७५० र सङ्ग्रहालयले ४०० रुपैयाँ उठाउँदै आएका थिए । पर्यटकले दुवैगरी जम्मा एक हजार १५० रुपैयाँ तिर्दै आएका थिए । 

पर्यटकलाई झन्झट नहोस् भनेर एकै ठाउँबाट शुल्क लिने गरेर सम्झौता भएको ललितपुर उपमहानगरपालिकाका राजस्व÷प्रशासन महाशाखा प्रमुख डिल्लीराज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले दुई ठाउँबाट गर्दा हैरान भएकाले पर्यटकलाई एकै ठाउँबाट गर्दा सजिलो हुनेछ ।” 

सार्क क्षेत्रभन्दा बाहिरका पर्यटकले एक हजार रुपैयाँ तिर्नुपर्नेछ भने सार्क क्षेत्रका पर्यटकलाई २५० र सङ्ग्रहालय छिर्नका लागि नेपालीले ३० रुपैयाँ तिर्नुपर्नेछ । विद्यार्थीले विद्यार्थी परिचयपत्रको प्रयोग गरेर १५ रुपैयाँमा सङ्ग्रहालयमा छिर्न सक्ने व्यवस्था मिलाइएको छ । 

यसअघि पाटन आउने पर्यटकले तीन ठाउँमा शुल्क तिर्ने गरेका थिए । दरबार स्क्वायर, सङ्ग्रहालय र गोल्डेन टेम्पलमा गरेर तीन ठाउँमा शुल्क लिने गरेको थियो । तीन ठाउँमा हुँदा पर्यटक हैरान हुने लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “दरबार स्क्वायरमा शुल्क तिरेको भन्दै पर्यटकले सङ्ग्रहालयमा आउँदा तिरिसकेको बताउने गर्दथे ।” अहिले दुई निकायबीच सम्झौता भइसेकाले आगामी दिनमा गोल्डेन टेम्पलसँग पनि सम्झौता हुन सक्ने लाखे बताउनुहुन्छ । 

नगरपालिकाले यसअघि पाटन दरबारमा ठेक्काबाट शुल्क उठाउँदै आएको थियो । सङ्ग्रहालयले भने कर्मचारीबाट नै शुल्क उठाउँदै आएको थियो । आगामी दिनमा एकद्वार प्रणालीबाट शुल्क उठाउँदा कर्मचारीबाट उठाउने गरेर सहमति भएको छ । एकद्वार पर्यटन सेवा शुल्क व्यवस्थापन समितिले थप कर्मचारीको व्यवस्थापन गर्नेछ । यसअघि समितिले नै शुल्क निर्धारण गरेको थियो । 

आयको ७५ प्रतिशत नगरपालिका र १५ प्रतिशत सङ्ग्रहालयले पाउने गरेर सहमति भएको छ । पाँच प्रतिशत प्रशासनिक खर्च र बाँकी पाँच प्रतिशत आय दरबार क्षेत्र मर्मत तथा सुधारमा खर्च हुने सहमति भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव