मृत्यु हुनेमा मेघनाथ गोरहन्ना–१ बस्ने डब्बल सिंहका छोरा राजदेव सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।"/>
मृत्यु हुनेमा मेघनाथ गोरहन्ना–१ बस्ने डब्बल सिंहका छोरा राजदेव सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।"/>
भदौ २९, गौशाला । महोत्तरी जिल्लाको मेघनाथ गोरहन्ना गाविसमा विषादी सेवनबाट गएराति एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेघनाथ गोरहन्ना–१ बस्ने डब्बल सिंहका छोरा राजदेव सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घरायसी विवादका कारण युवक सिंहले गएराति ८ बजेतिर नाम नखुलेको कीटनाशक औषधि सेवन गर्दा उनी सिकिस्त भएका थिए भने परिवारजनले तत्काल उपचारका लागि जिल्लाको बर्दिबास लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
मृतक युवक सिंहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएको छ । रासस