२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा २० जना महिला चुनावी प्रतिस्पर्धामा

२०७९, २६ आश्विन बुधबार १०:५३

असोज २६, सप्तरी | आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरीका २० जना महिलाले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार कुल एक सय ८१ जनाले उम्मेदवारी दिएकाे र त्यसमध्ये महिला २० जना रहेका छन् ।

प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा एक जना, प्रतिनिधिसभाकाे क्षेत्र नम्बर २ मा तीन जना प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा एक जना गरी पाँच जना महिलाले उम्मेदवारी दिएका हुन् ।  प्रदेशसभातर्फ भने १५ जना महिलाको उम्मेदवारी परेको छ।

सप्तरी-१ बाट टीकालक्ष्मी चौधरीले नागरिक उन्मुक्ति पार्टीवाट उम्मेदवारी दिएकी छिन् । प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी- २ बाट तीन जना महिलाको उम्मेदवारी परेकाे छ । नेपाल संघीय समाजवादी पार्टीबाट प्रमिलादेवी मण्डल, पीछडा वर्ग निषद दलित जनजाति पार्टीबाट सुमित्रा मण्डल र नेपाली जनता दलबाट चन्द्रकुमारी देवले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी- ४ बाट माधुरीकुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । सप्तरी- १ को प्रदेशसभा (क) बाट शशीकलाकुमारी चौधरी र महावती मलाहले र सप्तरी-१ को (ख) सुनिताकुमारी मलाहले उम्मेदवारी दिएका छन् । चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र मलाहद्वयले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवारी दिएका हुन् ।

क्षेत्र नम्बर २ (क) बाट तीन जना महिलाको उम्मेदवारी परेकाे छ । चन्द्रकला सिंह र पुनिताकुमारी ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने विणादेवी यादवले नेपाल मजदूर किसान पार्टी नेमकिपाबाट उम्मेदवारी दिएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट पनि तीन जना महिलाको उम्मेदवारी परेको छ । प्रतिमा कुमारी देवले कांग्रेस बीपीबाट उम्मेदवारी दिएकी छिन् भने सकुन्तलादेवी यादव र रिंकुदेवी यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

क्षेत्र नम्बर ३(क) बाट दुई  जना महिलाले उम्मेदवारी दिएका छन् । गिरिजाकुमारी चौधरी र अनमोल यादवले उम्मेदवारी दिएका हुन् । चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र यादवले नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दिएका  हुन् । क्षेत्र नम्बर ३(ख) बाट ऐलिना आचार्य र डोमनीदेवी रामले उम्मेदवारी दिएका हुन् । आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी र रामले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उम्मेदवारी दिएका हुन् ।

क्षेत्र नम्बर ४ (क) बाट चिन्तादेवी सिंह र क्षेत्र नम्बर ४ (ख) बाट ललितादेवी लताले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ