भदौ २९, गौशाला । महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, गौशाला । महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घूस लिँदालिँदै पक्राउ परेका गाविस सचिव निलम्बित

२९ भाद्र २०७३, बुधबार ०५:४०

भदौ २९, गौशाला । महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी तीन महिनाका लागि निलम्बन गरेको अख्तियार कार्यालय प्रमुख राजकुमार लम्सालले बताउनुभयो । 

सचिव चौधरीसँग अख्तियारले रु २० हजार धरौटी लिई जिम्मा जमानीमा शनिबार छाडेको र उनलाई तीन महिनाका लागि निलम्बन गरिएको बर्दिवासस्थित अख्तियार कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो । सेवाग्राहीसँग घूस लिँदैगर्दा अख्तियारले बथनाहा गाविस सचिव चौधरीलाई १० हजार रुपैयाँ नगदसहित बिहीबार जलेश्वर–५ बाट नियन्त्रणमा लिएको थियो । बथनाहा गाउँका महिलालाई अवलोकन भ्रमण गराउन आव २०७२÷७३ को बथनाहा गाविस परिषद्ले एक लाख रुपैयाँ बजेट पारित गरेको थियो । 

स्थानीय जागृति महिला सेवा बथनाहाकी अध्यक्ष रामसिकिल देवीले गाउँका ४७ जना महिला, दलित तथा बालबालिकालाई जेठ ११ गतेदेखि चारदिने भ्रमणमा लगेकी थिइन् र भ्रमणपछि उनीहरुलाई एक हजार ५०० रुपैयाँका दरले भत्तासमेत दिएकी थिइन् । तर ती महिलाले आफूले भ्रमणका लागि लिएको पेस्की फछ्र्यौटका लागि सचिव चौधरीलाई भन्दा उनले सुरुमा रु २० हजार घूस मागेका थिए भने महिलाले हारगुहार गरेपछि रु १० हजारमा राजी भएको थियो । अध्यक्ष रामसिकिलले २०७२ साल जेठ ३ मा सो कार्यका लागि गाविसबाट एक लाख रुपैयाँ पेस्की लिएकी थिइन् । 

सचिवले पटकपटक घूस मागेपछि रामसिकिलले असार १४ मा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडाँै र बर्दिवासमा लिखित उजुरी दिएकी थिइन् । त्यसपछि अख्तियारको कार्यालय बर्दिबासकै योजनाअनुसार गत बिहीबार जिल्ला सदरमुकाम जलेश्वरमै सचिव चौधरीलाई ती महिलाले घूसको रकम रु १० हजार दिँदै गर्दा अख्तियारले उनलाई रङ्गेहात पक्राउ गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव