भदौ २९, गौशाला । महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, गौशाला । महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी "/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घूस लिँदालिँदै पक्राउ परेका गाविस सचिव निलम्बित

२०७३, २९ भाद्र बुधबार ०५:४०

भदौ २९, गौशाला । महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी तीन महिनाका लागि निलम्बन गरेको अख्तियार कार्यालय प्रमुख राजकुमार लम्सालले बताउनुभयो । 

सचिव चौधरीसँग अख्तियारले रु २० हजार धरौटी लिई जिम्मा जमानीमा शनिबार छाडेको र उनलाई तीन महिनाका लागि निलम्बन गरिएको बर्दिवासस्थित अख्तियार कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो । सेवाग्राहीसँग घूस लिँदैगर्दा अख्तियारले बथनाहा गाविस सचिव चौधरीलाई १० हजार रुपैयाँ नगदसहित बिहीबार जलेश्वर–५ बाट नियन्त्रणमा लिएको थियो । बथनाहा गाउँका महिलालाई अवलोकन भ्रमण गराउन आव २०७२÷७३ को बथनाहा गाविस परिषद्ले एक लाख रुपैयाँ बजेट पारित गरेको थियो । 

स्थानीय जागृति महिला सेवा बथनाहाकी अध्यक्ष रामसिकिल देवीले गाउँका ४७ जना महिला, दलित तथा बालबालिकालाई जेठ ११ गतेदेखि चारदिने भ्रमणमा लगेकी थिइन् र भ्रमणपछि उनीहरुलाई एक हजार ५०० रुपैयाँका दरले भत्तासमेत दिएकी थिइन् । तर ती महिलाले आफूले भ्रमणका लागि लिएको पेस्की फछ्र्यौटका लागि सचिव चौधरीलाई भन्दा उनले सुरुमा रु २० हजार घूस मागेका थिए भने महिलाले हारगुहार गरेपछि रु १० हजारमा राजी भएको थियो । अध्यक्ष रामसिकिलले २०७२ साल जेठ ३ मा सो कार्यका लागि गाविसबाट एक लाख रुपैयाँ पेस्की लिएकी थिइन् । 

सचिवले पटकपटक घूस मागेपछि रामसिकिलले असार १४ मा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडाँै र बर्दिवासमा लिखित उजुरी दिएकी थिइन् । त्यसपछि अख्तियारको कार्यालय बर्दिबासकै योजनाअनुसार गत बिहीबार जिल्ला सदरमुकाम जलेश्वरमै सचिव चौधरीलाई ती महिलाले घूसको रकम रु १० हजार दिँदै गर्दा अख्तियारले उनलाई रङ्गेहात पक्राउ गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी