भदौ २९, इलाम । लोपोन्मुख रेड पान्डा (हाब्रे) संरक्षणका लागि तीन जिल्लाका २६ गाविसका विद्यालयमा रुट एन्ड सुट्स अभियान सञ्चालन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, इलाम । लोपोन्मुख रेड पान्डा (हाब्रे) संरक्षणका लागि तीन जिल्लाका २६ गाविसका विद्यालयमा रुट एन्ड सुट्स अभियान सञ्चालन "/>
२०८२, ४ चैत्र बुधबार
इलाम - ILM

रेडपान्डा संरक्षणमा विद्यार्थी परिचालन

२०७३, २९ भाद्र बुधबार ०५:४७

भदौ २९, इलाम । लोपोन्मुख रेड पान्डा (हाब्रे) संरक्षणका लागि तीन जिल्लाका २६ गाविसका विद्यालयमा रुट एन्ड सुट्स अभियान सञ्चालन भएको छ । 

रेड पान्डा संरक्षण सुरु भएका इलामका आठ, पाँचथरका छ र ताप्लेजुङका १२ विद्यालयमा रेड पान्डा संरक्षणका लागि ‘रुट एन्ड सुट्स’ अभियान सञ्चालन भएको हो । विश्वमै लोपोन्मुख रेड पान्डा संरक्षणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले रेड पान्डा संरक्षणका गतिविधि सञ्चालन भइरहेका तीन जिल्लाका लेकाली क्षेत्रका विद्यालयमा यो अभियान सञ्चालन गरिएको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका युवराज पिसीले बताउनुभयो । 

यो अभियान सञ्चालन भएका तीन जिल्लाका विद्यालयमा वातावरण शिक्षकलाई नेताको रूपमा राखेर रेडपान्डा संरक्षणका लागि विद्यार्थीको समूह बनाइने गरेको छ । अभियानअन्तर्गत विद्यार्थीलाई विद्यालयमै ‘रेड पान्डा शिक्षा’ दिइने गरेको छ । रेड पान्डा शिक्षाबाट रेड पान्डाका बारेमा जानकारी पाएका विद्यार्थीले आफ्नो क्षेत्रमा रेड पान्डाको आहार–विहार, तस्करी आदिका बारेमा सूचना दिने पिसी बताउनुहुन्छ । विद्यार्थीले सङ्कलन गरेको सूचना सही र भरपर्दोसमेत हुने देखिएकाले रेड पान्डाको बासस्थान आसपासका विद्यालयमा ‘रुट्स एन्ड सुट्स’ अभियान सञ्चालन गरिएको हो । 

रुट एन्ड सुट्स अभियानमा विद्यार्थीलाई रेडपान्डा संरक्षणकर्ता संस्थाले विभिन्न सहयोग उपलब्ध गराउँदै आएका छन् । अभियानअन्तर्गत विद्यार्थीले रेडपान्डासम्बन्धी जानकारीमूलक भित्तेपत्रिका प्रकाशन, हाजिरीजवाफ, वादविवाद प्रतियोगिता, सरसफाइ र मासिँदै गएको रेडपान्डाको आहारा निगालो, भालुचिन्डे लगायतका बिरुवा रोप्ने कामसमेत गरेको संस्थाका फिञ्जु शेर्पाले बताउनुभयो । 

रेडपान्डाको बासस्थान रहेको मेचीका तीन पहाडी जिल्लामा विद्यालयमै रेडपान्डाको विषयमा पढाउनका लागि पाठ्यक्रम निर्माण अन्तिम तयारीमा रहेको बताइएको छ । रेडपान्डा पाइएका र संरक्षणका गतिविधि भइरहेका इलाम, पाँचथर र ताप्लेजुङका विद्यालयमा रेडपान्डाका विषयमा पढाउनका लागि पाठ्यक्रम बनाई जिल्ला शिक्षा कार्यालयमार्फत शिक्षा विभागमा पठाई सकिएको संस्थाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा