भदौ २९, इलाम । लोपोन्मुख रेड पान्डा (हाब्रे) संरक्षणका लागि तीन जिल्लाका २६ गाविसका विद्यालयमा रुट एन्ड सुट्स अभियान सञ्चालन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, इलाम । लोपोन्मुख रेड पान्डा (हाब्रे) संरक्षणका लागि तीन जिल्लाका २६ गाविसका विद्यालयमा रुट एन्ड सुट्स अभियान सञ्चालन "/>
२८ पुष २०८२, सोमबार
इलाम - ILM

रेडपान्डा संरक्षणमा विद्यार्थी परिचालन

२९ भाद्र २०७३, बुधबार ०५:४७

भदौ २९, इलाम । लोपोन्मुख रेड पान्डा (हाब्रे) संरक्षणका लागि तीन जिल्लाका २६ गाविसका विद्यालयमा रुट एन्ड सुट्स अभियान सञ्चालन भएको छ । 

रेड पान्डा संरक्षण सुरु भएका इलामका आठ, पाँचथरका छ र ताप्लेजुङका १२ विद्यालयमा रेड पान्डा संरक्षणका लागि ‘रुट एन्ड सुट्स’ अभियान सञ्चालन भएको हो । विश्वमै लोपोन्मुख रेड पान्डा संरक्षणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले रेड पान्डा संरक्षणका गतिविधि सञ्चालन भइरहेका तीन जिल्लाका लेकाली क्षेत्रका विद्यालयमा यो अभियान सञ्चालन गरिएको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका युवराज पिसीले बताउनुभयो । 

यो अभियान सञ्चालन भएका तीन जिल्लाका विद्यालयमा वातावरण शिक्षकलाई नेताको रूपमा राखेर रेडपान्डा संरक्षणका लागि विद्यार्थीको समूह बनाइने गरेको छ । अभियानअन्तर्गत विद्यार्थीलाई विद्यालयमै ‘रेड पान्डा शिक्षा’ दिइने गरेको छ । रेड पान्डा शिक्षाबाट रेड पान्डाका बारेमा जानकारी पाएका विद्यार्थीले आफ्नो क्षेत्रमा रेड पान्डाको आहार–विहार, तस्करी आदिका बारेमा सूचना दिने पिसी बताउनुहुन्छ । विद्यार्थीले सङ्कलन गरेको सूचना सही र भरपर्दोसमेत हुने देखिएकाले रेड पान्डाको बासस्थान आसपासका विद्यालयमा ‘रुट्स एन्ड सुट्स’ अभियान सञ्चालन गरिएको हो । 

रुट एन्ड सुट्स अभियानमा विद्यार्थीलाई रेडपान्डा संरक्षणकर्ता संस्थाले विभिन्न सहयोग उपलब्ध गराउँदै आएका छन् । अभियानअन्तर्गत विद्यार्थीले रेडपान्डासम्बन्धी जानकारीमूलक भित्तेपत्रिका प्रकाशन, हाजिरीजवाफ, वादविवाद प्रतियोगिता, सरसफाइ र मासिँदै गएको रेडपान्डाको आहारा निगालो, भालुचिन्डे लगायतका बिरुवा रोप्ने कामसमेत गरेको संस्थाका फिञ्जु शेर्पाले बताउनुभयो । 

रेडपान्डाको बासस्थान रहेको मेचीका तीन पहाडी जिल्लामा विद्यालयमै रेडपान्डाको विषयमा पढाउनका लागि पाठ्यक्रम निर्माण अन्तिम तयारीमा रहेको बताइएको छ । रेडपान्डा पाइएका र संरक्षणका गतिविधि भइरहेका इलाम, पाँचथर र ताप्लेजुङका विद्यालयमा रेडपान्डाका विषयमा पढाउनका लागि पाठ्यक्रम बनाई जिल्ला शिक्षा कार्यालयमार्फत शिक्षा विभागमा पठाई सकिएको संस्थाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला