भदौ २९, राजविराज । सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ । 

योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, राजविराज । सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ । 

योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरी"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा सर्पको बिगबिगी, महिनामा सातको मृत्यु

२९ भाद्र २०७३, बुधबार ०५:५७

भदौ २९, राजविराज । सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ । 

योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरीको लालापट्टी–९ निवासी ५५ वर्षीया बेचनीदेवी मण्डललाई खेतमा घाँस काट्ने क्रममा विषालु सर्पले टोक्दा उनको मृत्यु भएको छ । 

यस्तै, सप्तरीको अर्नाहा–२ मा घरमा बसेर टेलिभिजन हेर्ने क्रममा स्थानीयवासी १५ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको थियो । यो दुई घटनासँगै सप्तरीमा एक महिनाको अवधिमा हालसम्म सातजनाको सर्पदंशबाट मृत्यु भइसकेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

त्यस्तै, राजविराजस्थित गजेन्द्रनारायणसिँह सगरमाथा अञ्चल असतालमा एक महिनाको अवधिमा २०० भन्दा बढी सर्पदंशका बिरामी उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ । 

त्यसमध्ये हालसम्म सातजनाको मृत्यु भएको बताइएको छ । यहाँ वर्षा र अत्यधिक गर्मीका कारण सर्पदंशका घटना ह्वात्तै बढेको अनुमान गरिएको छ । अस्पतालमा दैनिक अहिले पाँचदेखि ६ वटा सर्पदंशको बिरामी उपचारका लागि आउने गरको अस्पताल स्रोतले जनाएको छ । 

यस्तै, अञ्चल अस्पतालबाहेकका अन्य स्वास्थ्य संस्था तथा निजी क्लिनिकमा उपचारका लागि बिरामी आउने गरेको पाइएको छ । यसैबीच, सर्पदंशको उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम अस्पतालमा अवश्यकताअनुसार पर्याप्त रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा दिलिप साहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव