भदौ २९, राजविराज । सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ । 

योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, राजविराज । सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ । 

योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरी"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा सर्पको बिगबिगी, महिनामा सातको मृत्यु

२०७३, २९ भाद्र बुधबार ०५:५७

भदौ २९, राजविराज । सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ । 

योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरीको लालापट्टी–९ निवासी ५५ वर्षीया बेचनीदेवी मण्डललाई खेतमा घाँस काट्ने क्रममा विषालु सर्पले टोक्दा उनको मृत्यु भएको छ । 

यस्तै, सप्तरीको अर्नाहा–२ मा घरमा बसेर टेलिभिजन हेर्ने क्रममा स्थानीयवासी १५ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको थियो । यो दुई घटनासँगै सप्तरीमा एक महिनाको अवधिमा हालसम्म सातजनाको सर्पदंशबाट मृत्यु भइसकेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

त्यस्तै, राजविराजस्थित गजेन्द्रनारायणसिँह सगरमाथा अञ्चल असतालमा एक महिनाको अवधिमा २०० भन्दा बढी सर्पदंशका बिरामी उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ । 

त्यसमध्ये हालसम्म सातजनाको मृत्यु भएको बताइएको छ । यहाँ वर्षा र अत्यधिक गर्मीका कारण सर्पदंशका घटना ह्वात्तै बढेको अनुमान गरिएको छ । अस्पतालमा दैनिक अहिले पाँचदेखि ६ वटा सर्पदंशको बिरामी उपचारका लागि आउने गरको अस्पताल स्रोतले जनाएको छ । 

यस्तै, अञ्चल अस्पतालबाहेकका अन्य स्वास्थ्य संस्था तथा निजी क्लिनिकमा उपचारका लागि बिरामी आउने गरेको पाइएको छ । यसैबीच, सर्पदंशको उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम अस्पतालमा अवश्यकताअनुसार पर्याप्त रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा दिलिप साहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो