२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिपाहीको पेन्सन अवधि घटाउन सरकार सकारात्मक छ : गृहमन्त्री खाँण

२०७९, ३१ आश्विन सोमबार ०८:५७

असोज २८, काठमाडौं | गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरुको पेन्सन अवधि १६ वर्ष कायम गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘प्रहरी जवानहरुलाई प्रोत्साहित गर्न सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरुसँग यसबारे निर्णय गर्न छलफल गरिरहेको छ ।’

यो निर्णयपछि सिपाहीहरुले निश्चित अवधि संगठनमा उत्साहित भएर काम गरेर बाँकी समय उर्जाशील रहँदै अन्य क्षेत्रमा काम गर्न सक्ने खाँणले बताए । हाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरुले सेवा सुरु गरेको २० वर्षपछि मात्रै पेन्सन पाउने गर्छन् ।


नेपाली सेनामा २९ पुस २०७७ मा नै पेन्सन अवधि १६ वर्ष बनाउने सर्तसहितको निर्णय भइसकेको छ । जसअनुसार १६ वर्षमा पेन्सन लिएर स्वेच्छिक अवकाश रोज्न सकिने भए पनि सुविधा चाहिँ २० वर्षपछि मात्रै लिन पाइने उल्लेख थियो ।

राज्यलाई आर्थिक भार बढ्ने भन्दै पहिले पटकपटक गरिएको प्रस्ताव अर्थ मन्त्रालयले फर्काइदिने गरेको थियो । त्यसपछि मध्यमार्गी बाटो निकालेर पेन्सन अवधि घटाउने निर्णय भएको थियो ।

गृहमन्त्री खाँणले प्रहरीमा तल्लो दर्जाका कर्मचारीको मनोबल बढाउन विभिन्न प्रयासहरु भएको बताए । ‘तल्लो तहमा दर्जा थपेर मनोबल बढाउनेदेखि शान्ति मिसनमा सहभागीको बाटो खोल्ने विषयसम्म छलफलमा छन्’, खाँणले भने ।

उनले सीमित स्रोत, साधनका बीच प्रहरीले उत्कृष्ट कार्यसम्पादन गरिरहेको बताउँदै धन्यवादसमेत दिए । मन्त्री खाँणले काभ्रेको पनौतीमा प्रहरीका लागि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र बनिरहेको बताउँदै तीन वर्षभित्र नेपालमै सुरक्षाकर्मीले अन्तर्राष्ट्रिय तहको तालिम प्राप्त गर्न सक्ने बताए ।

संसारभरि नै प्रविधिमा नयाँ आयाम थपिएकाले यसबाट प्रहरीलाई पनि चुनौती बढेको खाँणले औंल्याए । ‘बढ्दो चुनौतीको सामना गर्न प्रहरीलाई प्रविधियुक्त बनाएर अन्तर्राष्ट्रिय स्तरको तालिम र सीपले अब्बल बनाइनेछ’, उनले भने । प्रहरीले कोभिड–१९ भाइरसको रोकथाम र प्रतिकार्यमा गरेको कामप्रति पनि मन्त्री खाँणले धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन