भदौ २९, धनगढी । धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानवाट प्रहरीले आज विस्फोटक पदार्थ सहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ । 

उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, धनगढी । धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानवाट प्रहरीले आज विस्फोटक पदार्थ सहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ । 

उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोली र विस्फोटक पदार्थ बरामद

२९ भाद्र २०७३, बुधबार ११:०३

भदौ २९, धनगढी । धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानवाट प्रहरीले आज विस्फोटक पदार्थ सहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ । 

उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्धक र साढे नौ किलो सोडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

यी समान भित्र्याउन लागेको व्यक्तिले प्रहरीलाई देख्नासाथ सिमावर्ती भारततर्फ फरार भएको प्रहरीको भनाइ छ । 

यसैगरी धनगढीकै बैयावेहँडी सीमा नाकाबाट भित्र्याउन लागेको अवस्थामा प्रहरीले पेस्तोलमा प्रयोग हुने १८ थान गोली ‘क्यालिभर राउण्ड‘ बरामद गरिएको छ । चिनीको झोलाभित्र कपडामा बेरिएर राखिएको अवस्थामा सो परिमाणको गोली बरामद भएको प्रहरीले जनाएको छ । 

सादा पोसाकमा खटिएका प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा अन्दाजी १७÷१८ वर्षका व्यक्तिले झोला फ्याकेर फरार भएको र शंका लागेर उक्त झोला चेकगर्दा त्यसवाट उक्त परिमाणको गोली बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । 

भदौ २१ गते विस्फोटक पदार्थ र भदौ २६ गते गोलीे बरामद गरिएकोमा तत्काल सूचना प्रवाह गर्दा घटनाको अनुसन्धान कार्य प्रभावित हुने भन्दै जिल्ला प्रहरी कार्यालयले आज मात्र घटनाबारे जानकारी दिएको हो । 

प्रहरीले मङगलबार साँझ मोहना नदीमा दाउरा खोज्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका— १८ का २५ वर्षीय शेरबहादुर चौधरीको खोजी भइरहेको जनाएको छ । 

जिल्लाको पहाडी क्षेत्रको सहजपुर गाविसको देउराली गाउँमा जुवातास खेलीरहेको अवस्थामा १२ जनालाई खालमा रहेको एक लाख २४ हजार ८८५ सहित प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव