१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

हत्या अभियोगमा १० वर्ष जेल जीवन बिताएर संविधान दिवसमा जेलबाट छुटेका कैदीले गरे अर्काे हत्या

१३ कार्तिक २०७९, आईतवार ०६:५१

कात्तिक १३, चितवन । १० वर्ष जेल जीवन बिताएर आएका एक जनाले एक महिनामै अर्काे हत्या गरेका छन् ।

संविधान दिवसको दिनमा कैदीको असल चालचलन र मुद्दाको प्रकृति हेरेर राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्छन्। यस वर्षको असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतबाट दोषी ठहर भएर विभिन्न कारागारमा कैद जीवन बिताइरहेका २१ जनालाई आममाफी र ६८१ जनाको ५० प्रतिशत कैद मिनाहा घोषणा गरेकी थिइन्।

यी ६८१ जना मध्येका एक थिए नवलपुरको गैंडाकोट–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाल। उनले दस वर्षअघि कात्तिक ११ गते आफ्नै हजुरआमा र काकीको हत्या गरेका थिए । त्यो अभियोग प्रमाणित भएपछि कुमाललाई नवलपरासी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। मकवानपुरको भिमफेदी कारागारमा कैद भोगिरहेका कुमाललाई असल चालचलन भएको भन्दै राष्ट्रपतिले माफी दिइन्। 


उनले अस्ति राति साढे १० बजे आफ्नै घरबेटी चितवनको माडी नगरपालिका–४, शीतलपुर घोसरी बस्ने ३४ वर्षीय जीवन नेपालीको हत्या गरेका हुन् ।

मृतक नेपाली र कुमालको कारागारमा हुँदा चिनजान भएको बताइन्छ । कारागारबाट छुटेपछि कुमाल नेपालीको घरमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ । सामान्य तरिकाबाट दिन चल्दै थिए शुक्रबार साँझतिर मदिरा सेवनपछि उनीहरूकाबीचमा भनाभन भयो। रिसले भाउन्न भएका सुरेश घरमा अरू कोही नभएको समयमा जीवनको कोठामा छिरे।

पछाडिबाट धारिलो हतियारले टाउकोमा प्रहार गरे। टाउको पटक–पटक प्रहार गरेपछि घाँटीको रूद्रघण्टीमा रेटी आफ्नै साथीको विभत्स हत्या गरे। 

कुमालले नेपालीको हत्यापछि ५० मीटरको दूरीमा पर्ने ४० वर्षीया रुपा नेपालीको घरमा गई सुतिरहेकी रुपाले कानमा लगाएको सुनको रिङ कानको लोती समेत च्यातिने गरी लुछेका थिए । त्यसपछि रुपाको पनि घाँटी थिचेको बताइएको छ ।

रुपाको पनि निधन भएको ठानेपछि कुमाल त्यहाँबाट भागेको बताइएको छ । त्यसलगत्तै इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले कुमालको व्यापक खोेजी गरेको हो । माडी नगरपालिका– ३, बसन्तपुरको भित्री सडकमा शंकास्पद रुपमा लुकीछिपी हिँडिरहेको अवस्थामा कुमाललाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

सुरेशलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड