भदौ २९, चितवन । चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको स्क्रब टाइफस रोगको परीक्षणको पुनःपरीक्षणका लागि ४० वटा नमुना काठमाडौँ लगिएको छ । 

भरतपुर अस्पतालको १० वटा र चितवन मेडिकल कलेजको ३० वटा नमुना पुनःपरीक्षणका लागि काठम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, चितवन । चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको स्क्रब टाइफस रोगको परीक्षणको पुनःपरीक्षणका लागि ४० वटा नमुना काठमाडौँ लगिएको छ । 

भरतपुर अस्पतालको १० वटा र चितवन मेडिकल कलेजको ३० वटा नमुना पुनःपरीक्षणका लागि काठम"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्क्रब टाइफसको सङ्क्रमणमा कमी, नमुनाको पुनःपरीक्षण हुँदै

२९ भाद्र २०७३, बुधबार १३:१८

भदौ २९, चितवन । चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको स्क्रब टाइफस रोगको परीक्षणको पुनःपरीक्षणका लागि ४० वटा नमुना काठमाडौँ लगिएको छ । 

भरतपुर अस्पतालको १० वटा र चितवन मेडिकल कलेजको ३० वटा नमुना पुनःपरीक्षणका लागि काठमाडौँ लगिएको अस्पतालले जनाएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले यहाँ गरिएको परीक्षणको कतिको प्रभावकारी छ भनेर अनुसन्धान गर्न पुनःपरीक्षणका लागि नमुना लगेको जानकारी दिनुभयो । 

चितवनमा रोगको सङ्क्रमणको अवस्था अध्ययन गरी लामिछाने पनि आजै राजधानी फर्किनुभएको छ । अहिले टाइफसको सङ्क्रमण घट्दो पाइएको तर सचेतता अपनाउन जरुरी रहेको बताउनुभयो । 

चितवनमा परीक्षण गर्दा स्क्रब टाइफस पोजेटिभ भएका र नेगेटिभ भएका दुवै नमुना सङ्कलन गरेर पुनःपरीक्षणका लागि राजधानी लगिएको उहाँले जानकारी दिनुभयो । 

चितवनमा चितवन मेडिकल कलेजले पहिलो पटक यहाँ रोगको परीक्षण गरेर टाइफसको सङ्क्रमण भएको यही वर्ष पत्ता लगाएको थियो । त्यसपछि भरतपुर अस्पतालले आफैंले रोगको परीक्षण थालेको थियो भने अहिले नारायणी सामुदायिक अस्पतालले पनि परीक्षण थालेको छ । 

दुई दिनअघि मुसामा रहेको माइट र पश्चिम चितवन क्षेत्रका ८६ जनाको नमुना सङ्कलन गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अध्ययन थालेको हो । नेपालमा अहिलेसम्म करिव २५० जनामा स्क्रब टाइफस देखिएकामा १९० जना चितवनकै रहेका छन् । नेपालमा वैशाखयता यो रोगबाट सात जनाको ज्यान गइसकेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव