भदौ २९, चितवन । चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको स्क्रब टाइफस रोगको परीक्षणको पुनःपरीक्षणका लागि ४० वटा नमुना काठमाडौँ लगिएको छ । 

भरतपुर अस्पतालको १० वटा र चितवन मेडिकल कलेजको ३० वटा नमुना पुनःपरीक्षणका लागि काठम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, चितवन । चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको स्क्रब टाइफस रोगको परीक्षणको पुनःपरीक्षणका लागि ४० वटा नमुना काठमाडौँ लगिएको छ । 

भरतपुर अस्पतालको १० वटा र चितवन मेडिकल कलेजको ३० वटा नमुना पुनःपरीक्षणका लागि काठम"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्क्रब टाइफसको सङ्क्रमणमा कमी, नमुनाको पुनःपरीक्षण हुँदै

२०७३, २९ भाद्र बुधबार १३:१८

भदौ २९, चितवन । चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको स्क्रब टाइफस रोगको परीक्षणको पुनःपरीक्षणका लागि ४० वटा नमुना काठमाडौँ लगिएको छ । 

भरतपुर अस्पतालको १० वटा र चितवन मेडिकल कलेजको ३० वटा नमुना पुनःपरीक्षणका लागि काठमाडौँ लगिएको अस्पतालले जनाएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले यहाँ गरिएको परीक्षणको कतिको प्रभावकारी छ भनेर अनुसन्धान गर्न पुनःपरीक्षणका लागि नमुना लगेको जानकारी दिनुभयो । 

चितवनमा रोगको सङ्क्रमणको अवस्था अध्ययन गरी लामिछाने पनि आजै राजधानी फर्किनुभएको छ । अहिले टाइफसको सङ्क्रमण घट्दो पाइएको तर सचेतता अपनाउन जरुरी रहेको बताउनुभयो । 

चितवनमा परीक्षण गर्दा स्क्रब टाइफस पोजेटिभ भएका र नेगेटिभ भएका दुवै नमुना सङ्कलन गरेर पुनःपरीक्षणका लागि राजधानी लगिएको उहाँले जानकारी दिनुभयो । 

चितवनमा चितवन मेडिकल कलेजले पहिलो पटक यहाँ रोगको परीक्षण गरेर टाइफसको सङ्क्रमण भएको यही वर्ष पत्ता लगाएको थियो । त्यसपछि भरतपुर अस्पतालले आफैंले रोगको परीक्षण थालेको थियो भने अहिले नारायणी सामुदायिक अस्पतालले पनि परीक्षण थालेको छ । 

दुई दिनअघि मुसामा रहेको माइट र पश्चिम चितवन क्षेत्रका ८६ जनाको नमुना सङ्कलन गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अध्ययन थालेको हो । नेपालमा अहिलेसम्म करिव २५० जनामा स्क्रब टाइफस देखिएकामा १९० जना चितवनकै रहेका छन् । नेपालमा वैशाखयता यो रोगबाट सात जनाको ज्यान गइसकेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते