भदौ ३०, महोत्तरी । खाना बनाउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

बुधबार दिउँसो शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महोत्तरी भरतपुर–१ की २० वर्षीया सोनियादेवी शर्माको उपचारका क्रममा ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, महोत्तरी । खाना बनाउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

बुधबार दिउँसो शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महोत्तरी भरतपुर–१ की २० वर्षीया सोनियादेवी शर्माको उपचारका क्रममा ज"/>

२३ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

३० भाद्र २०७३, बिहीबार ०५:३२

भदौ ३०, महोत्तरी । खाना बनाउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

बुधबार दिउँसो शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महोत्तरी भरतपुर–१ की २० वर्षीया सोनियादेवी शर्माको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो । 

सोनियादेवीको उपचारका क्रममा गएराति जनकपुर अञ्चल अस्पतालमा मुत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । बुधबार घरमा कोही नभएको समयमा दाउराले खाना पकाइरहेको समयमा कुर्ता सुरुवालबाट आगो सल्किँदा सोनियाको पुरा शरीर जल्दा उनी गम्भीर घाइते भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो । 

मृतकको शव अहिले जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । सो समय मृतकका ससुरा र श्रीमान् कामको सिलसिलामा बाहिर रहेका र मृतककी १ वर्षीया छोरी घरमा रहेकी थिइन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७ मेग्निच्युडको भुकम्पको धक्का, अधिकांश घरबाट निस्किए जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण