२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तीन दिनदेखि धौलागिरिमा विद्युत् सेवा अवरुद्ध

३० भाद्र २०७३, बिहीबार ०७:३६

भदौ ३०, पर्वत । धौलागिरि अञ्चलका धेरै ठाउँमा तीन दिनदेखि विद्युत् सेवा ठप्प भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । 

मङ्गलबार रातिदेखि बागलुङको पैयुँपाटा–६ कालाखोलामा कालीगण्डकी करिडोरमा खसेको पहिरोले विद्युत् सेवा ठप्प हुँदा उद्योग, कलकारखानालगायत दैनिक कामकाज प्रभावित भएका छन् । 

केन्द्रीय लाइनमार्फत वितरण गरिने मुख्य लाइन रहेको आठवटा पोल भाँचिएपछि बागलुङ, म्याग्दी र पर्वतका केही गाविसमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ । 

विद्युत् ठप्प भएको ठाउँमा सयपत्री हाइड्रो पावरको विद्युत् वितरण गर्न खोजिए पनि लोड धेरै भएकाले सफल हुन नसकेको हो । पर्वतको पाङ र बागलुङको गल्कोटबाहेक अरु ठाउँबाट वितरण हुने विद्युत् ठप्प भएको बागलुङ वितरण केन्द्रका सूचना अधिकारी सर्वजित केसीले जानकारी दिनुभयो । 

विद्युत् आपूर्ति सञ्चालनका लागि बुधबार सहस्रधारामा छवटा पोल गाडिएको छ भने बिहीबार कालाखोलामा दुईवटा पोल गाडिनेछ । मर्मत कार्य सकिएमा शुक्रबार साँझसम्म विद्युत् आपूर्ति हुने वितरण केन्द्रले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने