नन्दराम जैशी | भदौ ३१, जुम्ला | गएको ३ महिना देखि पुनरावेदन अदालत जुम्लामा मुख्य न्यायधिस नहुँदा न्याय सेवा प्रभाव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ ३१, जुम्ला | गएको ३ महिना देखि पुनरावेदन अदालत जुम्लामा मुख्य न्यायधिस नहुँदा न्याय सेवा प्रभाव"/>
२०८२, २३ चैत्र सोमबार
जुम्ला - JML

पुनरावेदनमा मुख्य न्यायधिस नहुँदा न्याय सेवा प्रभावित

२०७३, ३१ भाद्र शुक्रबार ०३:०२

नन्दराम जैशी | भदौ ३१, जुम्ला | गएको ३ महिना देखि पुनरावेदन अदालत जुम्लामा मुख्य न्यायधिस नहुँदा न्याय सेवा प्रभावित भएको छ । 

मुद्दा फैसला लागि २ जना न्यायधिस आवश्यक पर्ने भएकाले दुवैजना न्यायधिसको अनुपस्थितले न्याय सेवा प्रभावित भएको हो । पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायधिस टंकवहादुर मोक्तान तुल्सीपुरको पुनरावेदन अदालतमा काजमा गएको र नेपालगंज पुनरावेदन अदालतका मुख्य न्यायधिस विरवहादुर डाँगीलाई पुनरावेदन अदालत जुम्लाको जिम्मेवारी दिइएपनि उहाँको समेत उपस्थित नहुँदा न्याय सेवा प्रभावित हुन पुगेको छ ।

अर्को आदेश नभएसम्म पदाधिकार रहेको अदालतको जिम्मेवारिको अतिरिक्त इजलास लागेको बखत पुनरा वेदन अदालतको कामकाज गर्ने गरि सर्वोच्च अदालतले २०७३ असार १ गते गरेको निर्णय अनुसार न्यायधिस डाँगीलाई पुनरावेदन अदालत जुम्लाको जिम्मेवारी दिइएको स्रोतले जनाएको छ । पुनरावेदन अदालत जुम्लामा ६२ थान मुद्दा परेका छन् ।     

६२ थान मुद्दा मध्ये पेश्मिा चढेका ५१ थान मुद्दा मुख्य न्यायधिस नभएका कारण अन्तिम सुनूवाई हुन सकेको छैन् । मुख्य न्यायधिसको अनुपस्थितले असार १ गतेबाट मुद्दा पेशी हुन नसकेको पुनरा वेदन अदालत जुम्लाका रजिष्टार माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । गएको आर्थिका वर्ष २०७२/७३ को ३९ थान मुद्दा जिम्मेवारि सरेको र चालु आर्थिक वर्षमा २३ थान मुद्दा दायर भएको उहाँले वगत गराउनु भएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै