भदौ ३१, पोखरा  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, पोखरा 
२ माघ २०८२, बिहीबार
कास्की - KSK

पोखराका युवा पत्रकार एम बी आस्था ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’बाट सम्मानित

३१ भाद्र २०७३, शुक्रबार ०४:११

भदौ ३१, पोखरा  पोखराका युवा पत्रकार एम बी आस्था सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका  छन् । विहिवार सहारा क्लबको १८ औं बार्षिकोत्सब तथा साधारणसभाको अबसरमा उहालाई पुरस्कार प्रदान गरिएको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यले उनलाई नगद १५ हजार ५५५ रुपैया, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गर्नुभयो । अग्रज पत्रकार एबं क्लबका सल्लाहकार नारायण कार्की संयोजकत्वको प्रतिभा छनौट समितिको सिफारिसको आधारमा उहालाई सम्मान गरिएको हो । 

आस्था स्थापना कालदेखि एविसी टेलिभिजनमा आबद्ध छन् भने पोखराको पत्रकारितामा विगत डेढ दशकदेखि क्रियाशिल रहेका छन् । सहारा क्लब पोखराले स्थापना गरेको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १० जना पुरस्कृत भैसकेका छन् ।

२०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि कुलचन्द्र न्यौपाने , धन बस्नेत, विनोद लामिछाने, प्रेम नारायण न्यौपाने, राम गुरुङ्ग, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल सम्मानित भैसकेका छन् ।

कास्की जिल्लालाई कार्यक्षेत्र बनाई कम्तिमा ५ बर्ष निरन्तर पत्रकारिता पेशामा आबद्ध र खेलकुद पत्रकारितालाई उच्च प्राथमिकता प्रदान गर्ने पत्रकार मध्येबाट एक जनालाई बार्षिकोत्सबको अबसरमा क्लबले पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यस्तै क्लबले बार्षिकोत्सबको अबसरमा सहारा उत्कृष्ट पुरस्कारबाट संस्थाका साधारण सदस्य सुनिता गुरुङ्गलाई सम्मान गरेको छ । कार्यक्रममा क्लबले सञ्चालन गरेको सहारा फुटवल एकेडेमीमा रहेका ६ जना वालकलाई पढाईमाम उत्कृष्टता हासिल गरेवापत सम्मान गरिएको थियो । क्लबले सहारा निमावी सञ्चालनको सहयोगार्थ ५१ हजार ५१ रुपैया समेत हस्तान्तरण गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का