सुनसरी-४ मा सञ्चारमन्त्री कार्कीको अग्रता

Posted on: 29 Nov, 2022

मङ्सिर १३, सुनसरी | सुनसरी क्षेत्र नम्बर ४ को जारी मतगणना अनुसार सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीले अग्रता लिएका छन् । 


कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतलाई १६० मतले पछि पारेका छन् । 

पछिल्लो मत परिणाम अनुसार कार्कीले २३ हजार ६३१ मत ल्याएका छन् भने एमालेका कुसियतले २३ हजार ४७१ मत ल्याएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!