२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

२०७९, १७ मंसिर शनिबार ०३:१९

मङ्सिर १७, जनकपुरधाम | छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ । गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा अन्य तीन जना घाईते भएका छन् । 

सो घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै