२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शारदा नगरपालिकाको २ दिने गोष्ठी श्रीनगरमा शुरु

२०७३, ३१ भाद्र शुक्रबार ०८:४१

अतिराम वली, भदौ ३१, सल्यान । शारदा नगरपालिकाको २ दिने दिर्घकालिन सोच निर्धारण तथा विषयगत योजना तर्जुमा कार्यशाला गोष्ठी श्रीनगरमा शुरु भएको छ । 

शनिबार बेलुका साढे ५ बजे समापन हुने गोष्ठिको उद्घाटन शुक्रबार प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले गरेका छन । उद्घाटन सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आफनो क्षेत्रको विकासको लागि आफैले योजना बनाउनेगरी संचालन हुन लागेको गोष्ठीको सफलताको शुभकामना दिएका छन ।

२ दिन सम्म चल्ने कार्यशालामा शारदा नगपालिकाको अवस्था, आवधिक नगर योजना तर्जुमाका लागि गरिएका प्रयास, दिर्घकालिन सोचका विषयमा सहभागिले छलफल गर्ने छन । त्यस्तै सल्यानको सदरमुकाम समेत रहेको पहिलो नगरपालिकाको समस्या, कारण, विकासका अवसर, सम्भावना, उपाय तथा अवसरका विषयमा पनि विभिन्न समुहमा छलफल हुनेछ । 

कार्यशालामा विषयगत उद्देश्यका आधारमा नतिजा निर्धारण जस्ता कार्यक्रमहरु पनि गरिनेछ । शारदा नगरपलिकाको आयोजना तथा श्रेष्ठ कन्सलटेन्ट÷ डि भि स्कोलर नेपाल÷जेभि काठमाण्डौको प्राविधिक सहयोगमा भएको उद्घाटन कार्यक्रमको अध्यक्षता नगरपालिकाका कार्यकारी अधिकृत रेमन्त बहादुर डाँगीले गरेका थिए ।

श्रीनगरको होटल युनाईटेड तथा पार्टि प्यालेसमा चलिरहेको कार्यशालामा आर्थिक बर्ष २०६३/०७४ देखि २०७७/०७८ सम्मको कार्यक्रमको बारेमा छलफल गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह