२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शारदा नगरपालिकाको २ दिने गोष्ठी श्रीनगरमा शुरु

३१ भाद्र २०७३, शुक्रबार ०८:४१

अतिराम वली, भदौ ३१, सल्यान । शारदा नगरपालिकाको २ दिने दिर्घकालिन सोच निर्धारण तथा विषयगत योजना तर्जुमा कार्यशाला गोष्ठी श्रीनगरमा शुरु भएको छ । 

शनिबार बेलुका साढे ५ बजे समापन हुने गोष्ठिको उद्घाटन शुक्रबार प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले गरेका छन । उद्घाटन सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आफनो क्षेत्रको विकासको लागि आफैले योजना बनाउनेगरी संचालन हुन लागेको गोष्ठीको सफलताको शुभकामना दिएका छन ।

२ दिन सम्म चल्ने कार्यशालामा शारदा नगपालिकाको अवस्था, आवधिक नगर योजना तर्जुमाका लागि गरिएका प्रयास, दिर्घकालिन सोचका विषयमा सहभागिले छलफल गर्ने छन । त्यस्तै सल्यानको सदरमुकाम समेत रहेको पहिलो नगरपालिकाको समस्या, कारण, विकासका अवसर, सम्भावना, उपाय तथा अवसरका विषयमा पनि विभिन्न समुहमा छलफल हुनेछ । 

कार्यशालामा विषयगत उद्देश्यका आधारमा नतिजा निर्धारण जस्ता कार्यक्रमहरु पनि गरिनेछ । शारदा नगरपलिकाको आयोजना तथा श्रेष्ठ कन्सलटेन्ट÷ डि भि स्कोलर नेपाल÷जेभि काठमाण्डौको प्राविधिक सहयोगमा भएको उद्घाटन कार्यक्रमको अध्यक्षता नगरपालिकाका कार्यकारी अधिकृत रेमन्त बहादुर डाँगीले गरेका थिए ।

श्रीनगरको होटल युनाईटेड तथा पार्टि प्यालेसमा चलिरहेको कार्यशालामा आर्थिक बर्ष २०६३/०७४ देखि २०७७/०७८ सम्मको कार्यक्रमको बारेमा छलफल गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने