बजारवासीको सहक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बजारवासीको सहक"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्थानीयवासीको लगानीमा कुश्माबजारमा सौर्य सडक बत्ती

३१ भाद्र २०७३, शुक्रबार ०८:५५

भदौ ३१, पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा बढ्दै गएको चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्नका लागि सौर्य बत्ती जडान गरिएको छ । 

बजारवासीको सहकार्यमा बजारका चोकचोकमा सौर्य बत्ती जडान गरिएको हो । विद्युत्भार कटौतीका बेला पनि सडकमा पैदलयात्रा गर्नेलाई सहज र चोरी डकैतीका घटना नहोउन् भन्ने उद्देश्यले कुश्मा नगरपालिकाको कार्यालय र कुश्मा बजारका बासिन्दाको संयुक्त लगानीमा सडक वत्ती जडान गरिएको छ । 

सौर्य बत्ती जडान भएपछि विद्युत्भार कटौतीका बेला पनि उज्यालो हुने भएको छ । बजारवासीको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशतको लागतमा पहिलो चरणमा बजारका २० स्थानमा बत्ती जडान गरिएको हो । 

एक स्थानमा सौर्य बत्ती जडान गर्नका लागि रु एक लाख लागत लागेको छ । एउटा बत्तीले ३० मिटर वरपर उज्यालो दिने बताइएको छ । कुश्माबजारको पुरानोबजारदेखि लोकतान्त्रिक चोक, मैत्री चोक, शिवालय चोक, प्रगति चोकलगायतका क्षेत्रमा बत्ती विस्तार गरिएको कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेलले जानकारी दिनुभयो । 

स्थानीयवासीको सहभागिता गराउँदा उक्त सौर्य बत्तीको रेखदेख पनि हुने र दिगो रुपमा सञ्चालन हुने भएकाले स्थानीयवासीको सहभागिता गराइएको हो । 

बजारवासीले घरधुरीअनुसार आ–आफ्नो टोलमा बत्ती जडान गर्न न्यूनतम रु एक हजारदेखि रु दुई हजारसम्म तिरेको कार्यकारी अधिकृत पौडेलले जानकारी दिनुभयो । अहिले १७ वटा पोलमा जडान गरिसकिएको र बाँकी रहेका ठाउँमा विस्तारै जडान गर्दै लगिने बताइएको छ । 

सदरमुकामको बडागाउँ क्षेत्र, मुलुककै अग्ला तीनवटा पुल, यान्त्रिक पुल क्षेत्रमा पनि सौर्य बत्ती जडानको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । 

यसअघि विद्युत्बाट केही ठाउँमा सडक बत्ती जडान भए पनि विद्युत्भार कटौतीका बेला प्रभावकारी नभएपछि र अँध्यारो भएका बेला बजारमा आपराधिक घटना बढ्दै जान थालेपछि सौर्य बत्ती जडानको अवधारणा ल्याइएको हो । 

अहिले विद्युत्भार कटौतीको समयमा पनि सडक भने झलमल्ल हुने गरेको छ । अँध्यारोको मौका छोपेर गैरकानुनी क्रियाकलाप गर्नेका लागि सौर्यबत्तीले ठूलो भूमिका खेलेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो– “सडकमा चौबीसै घन्टा बत्ती बलेपछि व्यापारीले समेत ढुक्कले सुत्न पाएका छन् ।’’ 

कुश्मा बजार, पातीचैर र वारिबेनीमा सिसी क्यामेरासमेत जडान भइसकेको भए पनि रातिको समयमा हुने गतिविधि थाहा पाउन समस्या भएका बेला नगरपालिकाको पहलमा सौर्य बत्ती जडान भएपछि सहज भएको जिप्रका पर्वतले जनाएको छ । 

अबदेखि कुश्मा बजारमा रातिको समयमा पनि आपराधिक र गैरकानुनी क्रियाकलाप गर्ने, होहल्ला गर्नेलाई सजिलै पक्राउ गर्न सकिने प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । उहाँले अपुग भएका ठाउँमा पनि सौर्य बत्ती जडान गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने