२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बसुन्धरा पार्कमा कुनै पनि मेला महोत्सव हुने छैन : नगर विकास समिति

२०७३, ३१ भाद्र शुक्रबार ०९:१६

कमल सुबेदी, भदौ ३१, पोखरा । पोखराको  सबैभन्दा ठुलो ताल फेवाताल किनारमा रहेको बसुन्धरा पार्कमा अब कुनैपनि सार्वजनिक कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ । पोखरा उपत्यका नगर विकास समितिको भदौ १६ गते बसेको १४९ औं बोर्ड बैंठकले  अबका दिनमा  पार्क भित्र  कुनै पनि मेला महोत्सब सञ्चालन गर्न नपाइने र कुनैपनि ब्यक्ति वा संस्थालाई सार्वजनिक रुपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको समितिका अध्यक्ष प्रकाशमोहन खनालले बताए । पार्कको अस्तित्व जोगाउन ,जुन प्रयोजनका लागि लिइएको थियो, सोहि प्रयोजनका लागि  पार्कको संरक्षण गर्ने निर्णय भएको खनाल ले जानाकारी दिए  ।

२०३८ सालमा अधिग्रहण गरेको १ सय ८ रोपनी क्षेत्रफल भएको  हाल बसुन्धरा पार्कको रुपमा रहेको सो जग्गा पोखरा उपत्यका नगरविकास समितिको नाममा छ ।  पार्कलाई ब्यवस्थित पार्ककै रुपमा विकास गरी अगाडी बढ्ने खनालले जानाकारी दिए । पोखरा उपत्यका नगर विकास समितिमा  बिष्णु प्रसाद बास्तोला अध्यक्ष हुदा उक्त पार्कमा केबलकार संचालनको लागि प्रस्ताव गर्दा पोखरेली र यस ठाउका सांसदहरुले बिरोध जनाएका थिए ।  

पार्कमा कुनै पनि  मेला महोत्सव नहुने निर्णय सगै यसको प्रत्यक्ष असर पश्चिमाञ्चल होटल संघले गर्ने फेवा नववर्ष महोत्सब र रेवान पोखराले गर्ने सडक महोत्सबमा पर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै