२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

महोत्सवमा एक करोड चौंतीस लाख सङ्कलन

३१ भाद्र २०७३, शुक्रबार ०९:४८

भदौ ३१, लमजुङ । सदरमुकाम बेसीशहरमा सञ्चालित शैक्षिक महोत्सवमा रु एक करोड ३४ लाख सङ्कलन भएको छ । 

बेसीशहरमा रहेको जनविकास उच्च माविलाई प्राविधिक नमुना विद्यालय बनाउने उद्देश्यका साथ आयोजित शैक्षिक महोत्सवमा सो रकम सङ्कलन भएको हो । महोत्सवमा सबैभन्दा धेरै नगद बेसीशहरका नारायणबहादुर सुँयलले रु एक लाख ५२ हजार दान गर्नुभएको विद्यालयका प्राचार्य रत्नमान श्रेष्ठले जानकारी दिनुभयो । 

विद्यालयमा यसै वर्षबाट सुरु गरिएको प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन शैक्षिक महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट सङ्कलित रकमले विद्यालयमा १० कोठे छात्रावास निर्माण गरिने श्रेष्ठले बताउनुभयो । गत भदौ २३ गतेदेखि सुरु भएको महोत्सवमा एकसय आठ राष्ट्र शान्ति महायज्ञका सङ्कल्पकर्तावाचक गोविन्द शरण र वाचीका मिरादेवीले श्रीमद्भागवत कथावाचन गर्नुभएको थियो । 

महोत्सवमा हिन्दूबाहेक अन्य धर्ममा आस्था राख्नेले पनि दान तथा सहयोग गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने