१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

किराँत–राई बस्तीमा साकेला उधौलीको रौनक

२३ मंसिर २०७९, शुक्रबार ०३:२३

मङ्सिर २३, कटारी | पूर्वका किराँतबस्तीमा साकेलाउधौली पर्व सुरु भएको छ । मङ्सिर पूर्णिमादेखि सुरु भई १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईले धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । बिहीबार पूर्णिमादेखि औपचारिक रुपमा साकेलापर्व मनाउन सुरु भएको छ । 

किराँत राई यायोक्खा नगर कमिटी कटारीका अध्यक्ष पद्म राईका अनुसार किराँत राईहरुको बसोबास रहेको पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुरका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ,  राजधानीलगायत सहरमा यो पर्व धुमधामका साथ मनाइँदैं छ । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाई सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याउने खुसीयालीमा मनाउने गरिएको राई संस्कृतिका अध्येता शुभराज राईले बताउनुभयो । 

प्रकृति पूजक किराँत समुदायले नदी तथा खोलामा माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाई सरेको समयलाई उधौली भनेको पाइन्छ । भाषा संस्कार संस्कृतिले आ–आप्mनो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभर छरिएर रहेका किराँतहरु आपसमा शुभकामना आदान प्रदान गरी यो पर्व मनाउने गरिएको प्राध्यापक कुमारसिंह राई बताउनुहुन्छ । 

उधौलीका अवसरमा एकै ठाउँमा भेला भएर दुःखसुख साट्दै संस्कृति झल्काउने पोषाकमा साकेला नाच्ने गरिन्छ । राईहरुले हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न शैलीमा साकेला नाचेर यो पर्व मनाउने गर्दछन् । त्यस्तै सुनुवारहरु ढोल बजाएर स्यादर नाच्ने गर्दछन् । पछिल्लो समय युवापुस्तामा साकेलाउधौलीको आकर्षण बढ्दै गएको छ । आप्mनै वेशभूषामा ढोल, भ्mयाम्टाका साथ साकेलानाच नाच्दै टोल टोलमा किराँत युवायुवती यो पर्व मनाउन थालेका छन् । युवापुस्ताका लागि विभिन्न जिल्लामा किराँत राई यायोक्खाको आयोजनामा साकेला नाचको प्रशिक्षण नै आयोजना गरी साकेला नाचको विस्तार गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट