१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलेजले निष्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागिन्

२३ मंसिर २०७९, शुक्रबार ०५:२२

मङ्सिर २३, ललितपुर । कलेजले निस्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागेकी छन्। 

अनुशासनको कारबाहीको नाममा मंगलबार स्थानीय एक कलेजले निस्कासन गरेपछि १६ वर्षीया किशोरी सदीक्षा चौधरीले आत्महत्या गरेकी हुन्। 

जिल्ला प्रहरी कार्यालयका ललितपुरका प्रहरी उपरीक्षक सूर्य विक्रम शाहीका अनुसार सप्तरी घर भई आफ्ना अभिभावकसँग सानेपामा बस्दै आएकी चौधरी बुधबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उपचारको क्रममा उनको पाटन अस्पतालमा मृत्यु भएको हो।

कलेजले निष्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागिन्

बुधबार बिहान सदीक्षा आफ्नै डेरामा झुन्डिएको अवस्थामा फेला परेपछि उनलाई अभिभावकले उपचारको लागि पाटन अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले जानकारी दिए।

चौधरी केही समयअघि आफ्ना अभिभावकसँग सप्तरीस्थित घर गएको खुलेको छ। उनी यहि मंसिर ६ गते काठमाडौं फर्किएपछि बुधबार कलेज गएकी थिइन्।

डीएसपी शाहीका अनुसार लामो समयपछि कलेज गएपछि कलेजको अनुशासन विभागका प्रमुखले उनलाई केही सोधपुछ गरेपछि कलेजबाट निष्कासन गरेको पाइएको छ।

कलेजले निष्कासन गरेपछि पीडामा रहेकी किशोरीले अप्रिय कदम चालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। किशोरीलाई निष्कासन गर्ने कलेजको अनुशासन विभागका प्रमुखलाई कलेज प्रशासनले निलम्बन गरेको छ। 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह