२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका २१ नागरिक बेखबर

२०७९, २६ मंसिर सोमबार १५:१९

मङ्सिर २६, तनहुँ । एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेखबर छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी हराएका दुई सय ८८ नागरिकमध्ये दुई सय ६७ खोज तलासको क्रममा फेला पारेर आफन्तजनलाई बुझाइएको जनाएको छ । बेखबर नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यसरी बेपत्ता हुनेमा अधिकांश महिला रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

यस वर्ष जिल्लाका ३२ स्थानमा उम्रिएका गाँजा फडानी गरिएको छ । करिब एक सय ४० रोपनीमा उम्रिएका २६ हजार सात सय ८५ गाँजाको बोट नष्ट गरिएको उहाँले बताउनुभयो । त्यसैगरी विसं २०७८ मङ्सिरदेखि २०७९ कात्तिकसम्म एक सय ६७ सवारीसाधानलाई कारबाही गर्दा रु १८ लाख २० हजार एक सय ४८ राजस्व सङ्कलन भएको छ । 

गतवर्षको मङ्सिरदेखि कात्तिक मसान्तसम्म एक सय नौ फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट ३७ वर्ष चार महिना २३ दिन कैद र रु ३१ लाख ५८ हजार नौ सय २५ जरिवाना असुली भएको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै