२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आज ‘बुढी पोल्ने’ दिन, सुदूरपश्चिममा धुमधामले मनाइंदै

१ आश्विन २०७३, शनिबार ०५:४६

ललित बोहरा । असोज १, डडेल्धुरा | असोज संक्रान्तिका दिनलाई डडेल्धुरा लगायत सुदूरपश्चिममा बुढी पोल्ने पर्वका रुपमा धुमधामका साथ मनाईंदै छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने गरिन्छ । 

यो पर्वमा गाईबस्तु हेर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला, बाँझ  लिङगो आदी रुखहरु काटेर बनाएको बुढीलाई असोज संक्रान्तिका दिन पोल्ने चलन छ । द्वापर युगमा राक्षसी पुतनाले राजा कंशको आदेशले भगवान कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान कृष्णले थाहा पाई उल्टै राक्षसी पुतनाको रगत चुसी मारेर विजयी हासिल गरेको खुसीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने गरिन्छ । जासुसी राक्षस पुतना दहनका लागि सबै घरबाट काँस, अम्रिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाँउमा लैजाने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि रहेको छ । बुढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउदै थुक्ने गर्दछन् । र समाजमा भएका ठूलाबढा व्यक्तिको नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान गर्ने गरिन्छ । साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । 

यसो गर्दा पुशु चौपायमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको छ । यो पर्व सुदूरपश्चिमको डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा लगायतका जिल्लाहरु र भारतको उत्तराञ्चलका कुमाउ गढवालमा पनि मनाउन चलन छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का