२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आज ‘बुढी पोल्ने’ दिन, सुदूरपश्चिममा धुमधामले मनाइंदै

२०७३, १ आश्विन शनिबार ०५:४६

ललित बोहरा । असोज १, डडेल्धुरा | असोज संक्रान्तिका दिनलाई डडेल्धुरा लगायत सुदूरपश्चिममा बुढी पोल्ने पर्वका रुपमा धुमधामका साथ मनाईंदै छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने गरिन्छ । 

यो पर्वमा गाईबस्तु हेर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला, बाँझ  लिङगो आदी रुखहरु काटेर बनाएको बुढीलाई असोज संक्रान्तिका दिन पोल्ने चलन छ । द्वापर युगमा राक्षसी पुतनाले राजा कंशको आदेशले भगवान कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान कृष्णले थाहा पाई उल्टै राक्षसी पुतनाको रगत चुसी मारेर विजयी हासिल गरेको खुसीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने गरिन्छ । जासुसी राक्षस पुतना दहनका लागि सबै घरबाट काँस, अम्रिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाँउमा लैजाने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि रहेको छ । बुढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउदै थुक्ने गर्दछन् । र समाजमा भएका ठूलाबढा व्यक्तिको नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान गर्ने गरिन्छ । साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । 

यसो गर्दा पुशु चौपायमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको छ । यो पर्व सुदूरपश्चिमको डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा लगायतका जिल्लाहरु र भारतको उत्तराञ्चलका कुमाउ गढवालमा पनि मनाउन चलन छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै