असोज १, बैतडी | प्रेस सेन्टर नेपाल बैतडी जिल्ला शाखाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘पत्रकार र पत्रकारितामा शुद्धता, श्रमजीवी पत्रकारितामा प्रतिबद्धता’  भन्ने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, बैतडी | प्रेस सेन्टर नेपाल बैतडी जिल्ला शाखाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘पत्रकार र पत्रकारितामा शुद्धता, श्रमजीवी पत्रकारितामा प्रतिबद्धता’  भन्ने "/>
३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रेस सेन्टर नेपाल बैतडी अध्यक्षमा ढुङ्गाल

१ आश्विन २०७३, शनिबार ०६:०६

असोज १, बैतडी | प्रेस सेन्टर नेपाल बैतडी जिल्ला शाखाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘पत्रकार र पत्रकारितामा शुद्धता, श्रमजीवी पत्रकारितामा प्रतिबद्धता’  भन्ने नाराका साथ सम्पन्न सम्मेलनबाट मिलनप्रकाश ढुङ्गालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

शुक्रबार सदरमुकामस्थित दनपाको हलमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा चन्द्रकान्त अवस्थी, सचिवमा गम्भीर दयाल, सहसचिवमा विमला भट्ट,  र कोषाध्यक्षमा प्रकाश भट्टलाई चयन गरेको छ । त्यसैगरी, सदस्यमा करुणाकर भट्ट, बसन्ती भट्ट, नविन अवस्थी, हरिशंकर जोशी, रिजु बराल चयन भएका छन् । जिल्ला सम्मेलनको उद्घाटन गर्दै प्रमूख अतिथि एवम् प्रमूख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जिल्लामा क्रियाशील पत्रकारहरु र स्थानिय प्रशासनको सहकार्यमा उत्पीडनमा परेका जनताका समस्याको सम्बोधन हुनेगरेको भन्दै जिल्लामा प्रेस सोतन्त्रतामाथि चोट पु¥याउने कार्य हुन नदिने प्रतिबद्धता जनाउनु भयो । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रहरी प्रमूख डिएसपी बालनरसिह राणाले पत्रकार र प्रहरी सम्बन्ध सुमधुर रहनुपर्ने भन्दै पत्रकारितामा शुदताको खाँचो औल्याउनु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्ट अदित्यले प्रेस सेन्टर नेपाल   बैतडीको नयाँ नेतृत्वले निश्पक्षरुपमा उत्पीडित वर्गको लागि कलम चलाउने विश्वास व्यक्त गर्नु भयो । यसैगरी प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य गोकर्ण दयालले प्रगतिशिल तथा परिवर्तन चाहाने पत्रकारहरुको हकहितमा प्रेस सेन्टर नेपाल प्रतिबद्ध रहेको धारणा राख्नुभयो । उद्यघाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रमूखख एवम् प्रतिनिधि, सरकारी एवम् गैरसरकारी कार्यालयका प्रतिनिधि, विभिन्न संगठन तथा मिडियामा आवद्ध पत्रकार एवम् सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

यसैविच, सम्मेलनबाट जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पत्रकार तथा सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । पत्रकार माहासंघका अध्यक्ष नरेन्द्र भट्ट, उपाध्यक्ष गोकर्ण दयाल, लक्ष्मी विजले, भगिरथ अवस्थी, विरा गडाल, नरि बडु, महेश अवस्थी, अमर भट्टराईलाई सम्मान गरिएको हो । प्रेस सेन्टर नेपालको आसन्न क्षेत्रिय र केन्द्रिय सम्मेलनको तयारी स्वरुप अहिले जिल्ला सम्मेलन सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन