२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रौतेलीमा ३ दिने महिला नेतृत्व विकास तालिम सम्पन्न

१ आश्विन २०७३, शनिबार ०६:४२

विमल धामी | असोज १, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र साविक रौतेली विचवा गाविस–८ मा रहेको दीपज्योति रेडियो श्रोता समूहले साझेदारी विकास–विकासका लागि साझेदारी महिला नेतृत्व विकास सम्वन्धि ३ दिने तालिम सञ्चालन गरेको छ । साझेदारी विकास परियोजना अन्र्तगत इक्वाल एक्सेस सस्थाको सहयोगमा रेडियो श्रोता समुहले ग्रामिण क्षेत्रका महिलालाई महिला अधिकार सम्वन्धि र महिलाले पनि नेतृत्वदायि भुमिका निर्वाह गर्न सकुन भन्ने उदेश्यले तालिम आयोजना गरेको हो ।


स्थानिय विकासका काम लगायत बिभिन्न ठाउँमा महिलाको सहभागिता निकै कम हुने हुनाले महिलालाई सशक्तिकरण पार्न बुधवार देखी शुक्रवार सम्म तालिम आयोजना गरेको समुहले जनाएको छ । दीपज्योति रेडियो श्रोता समुहका सहजकर्ता रामकुमारी रानाले भने महिलाहरुले आफ्नो हक अधिकारको बारेमा थाहाँ नपाएकै कारण महिला हिंसामा पर्नुपरेको बाउदै महिलाहरुलाई सचेत पार्न यस्तो तालिम आयोजना गरेको बताइन ।  बेल्डाँडी नगरपालिकाका सयुक्त वडा कार्यालयका वडा सचिव ध्रुवराज भण्डारीले सहभागिहरुलाई धन्यवाद दिदै भने बेल्डाँडीमा हालसालै प्रत्येक वडामा महिला सञ्जाल गठन गरिएको र छिट्टै नगर स्तरिय महिला सञ्जाल गठन गर्नमा सहयोग गर्ने बताउदै महिलाको हक अधिकार सुनिच्छित गर्नमा आफु कहिलै पछाडी नहट्ने कुरा बताउनु भयो । उनले भने यास्ता क्षमता अभिबृद्धी तालिम रौतेलीमा अति आवस्यक भएको र आफुहरुले पनि आगामी दिनहरुमा यस्ता क्षमता विकासका तालिम आयोजना गर्ने पुर्ण प्रयास गर्ने जानकारी गराए ।

उक्त कार्यक्रमको सहजिकरण अधिवक्ता नरेन्द्र सिहले गरेका थिए । सहभागि महिलाहरुले भने यो तालिमले हामीलाई निकै फाईदा भएको र आगामी दिनहरुमा बेला बेलामा यस्ता तालिम आयोजना गरे आफुहरुको जिवनमा सकारात्मक परिर्वतन आउने बिचार ब्यक्त गरे । ग्रामिण भेगका सहभागि महिलाले भने यस्तो तालिम हामीले कहिलै नपाएको र यो तालिमले हामी सबैका आखाँ खोलिदिएको बताए । आगामी दिनमा पनि लक्षित महिलाका लागि तालिम दिनु पर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का