असोज १, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने सडकको बेनी–घाँसा सडकखण्डमा आजदेखि यातायात सेवा अवरुद्ध भएको छ । 

बेग–६ स्थित बेगखोलामा आएको बाढीले अस्थायी सडक बगाएपछि बेनी–घाँसा सडकमा यातायात सेवा अवर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने सडकको बेनी–घाँसा सडकखण्डमा आजदेखि यातायात सेवा अवरुद्ध भएको छ । 

बेग–६ स्थित बेगखोलामा आएको बाढीले अस्थायी सडक बगाएपछि बेनी–घाँसा सडकमा यातायात सेवा अवर"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी–घाँसा खण्ड अवरुद्ध

१ आश्विन २०७३, शनिबार ०८:३२

असोज १, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने सडकको बेनी–घाँसा सडकखण्डमा आजदेखि यातायात सेवा अवरुद्ध भएको छ । 

बेग–६ स्थित बेगखोलामा आएको बाढीले अस्थायी सडक बगाएपछि बेनी–घाँसा सडकमा यातायात सेवा अवरुद्ध भएको हो । सोह्र श्राद्ध र मुस्ताङको स्याउ ढुवानी गर्ने समयमा सडक अवरुद्ध हुँदा स्थानीयबासिन्दा, कृषक, तीर्थयात्री र पर्यटक चिन्तित भएका छन् । 

बेगखोलामा भदौ १६ गते राति आएको बाढीले सडक र बेलिब्रिज बगाएपछि केही दिनअघि अस्थायी सडक यातायात सेवा सञ्चालन गराइएको थियो । गए राति आएको बाढीले अस्थायी सडक बगाएपछि पैदलैसमेत हिँडडुल गर्न कठिनाइ भएको स्थानीयबासिन्दा बुद्धि पुनले जानकारी दिनुभयो । 

“बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट बेनीतर्फ छुटेका सवारी साधन लगायत २०० भन्दा बढी यात्रु खोला तर्न नसकेर अलपत्र परेका छन्”–पुनले भन्नुभयो । बाढीले विद्युत्को पोल र तारसमेत बगाएकाले तिप्ल्याङ, हिस्तान, राम्चे, शिख, घार, दोवा, भुरुङ तातोपानी, नारच्याङ गाविस र मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । 

यसैगरी पहिरोका कारण बेग–१ बाँसबोट, २ लिस्ने, बादुक, बेगखोला, भगवतीको कल्लेनी र माझखर्कमा २५ घर विस्थापित हुनुका साथै २२ घर जोखिममा परेका छन् । बेगमा दुई वटा झोलुङ्गे पुल बाढी र पहिरोले बगाएको छ भने दुई वटा विद्यालय जोखिममा परेका छन् । 

म्याग्दीका प्रजिअ केशवराज आचार्यले सडक डिभिजन कार्यालय बागलुङ र नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रसँग समन्वय गरेर सडक र विद्युत सञ्चालन गराउन पहल गरिएको बताउनुभयो । 

खोलामा बाढी नघटेसम्म सडक र विद्युत् मर्मत गर्न नसकिने अवस्था रहेको छ । पहिरोको जोखिममा रहेकालाई सर्तकता अपनाउन अनुरोध गर्दै प्रजिअ आचार्यले विस्थापितको व्यवस्थापनका लागि पहल गरिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो