२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पारिवारिक विवादपछि पत्नी माइतमा, पति घरमा मृत फेला

११ पुष २०७९, सोमबार ०९:४८

पुस ११, मोरङ । मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीमा सोमबार दिउँसो एक जना युवक आफ्नै घरभित्र मृत फेला परेका छन्। 

काठ र कर्कटपाताको प्रयोग गरेर बनाइएको घरको माथिल्लो तलाको कोठाभित्र ३० वर्षीय राम ऋषिदेव मृत फेला परेका हुन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले सडेर दुर्गन्धित भएको अवस्थामा शव भेटिएको जानकारी दिए। उनका अनुसार घटनाको प्रकृति हेर्दा ३/४ दिनअघि नै मृत्यु भएजस्तो देखिन्छ। 

६० वर्षीय वृद्ध आफ्नै घरमा मृत अवस्थामा फेला – देशसञ्चार

गाउँमा दुर्गन्ध फैलिएसँगै खोजी गर्ने क्रममा स्थानीयले घरभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। सिरक ओढेको र शरीर सुन्निएको अवस्थामा ऋषिदेवको शव ओछ्यानमा फेला परेको डीएसपी कार्कीले बताए। 

घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ। 

प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत फेला परेका ऋषिदेव गत बिहीबारदेखि घरमा एक्लै बस्दै आएको खुलेको छ। 

पारिवारिक विवादपछि पत्नी (श्रीमती) रेखा ऋषिदेव मोरङको बेलबारी नगरपालिका–१ स्थित माइत गएको पाइएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरुबीचको विवादका बारेमा खुल्न बाँकी छ। ‘घरमा झगडा परेपछि पत्नी माइततिर गएर बस्न थालेको पाइयो। घरमा पति मात्रै बस्दा रहेछन्,’ डीएसपी कार्कीले भने, ‘अहिले आएर पति घरभित्रै मृत फेला परेका छन्। शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ।’ 

तर, प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको उनको भनाइ छ। उनले ऋषिदेवको मृत्युको कारण भने खुल्न बाँकी रहेको बताए। 

पोस्टमार्टम रिपोर्ट प्राप्त भएर विस्तृतमा अनुसन्धान गरेपछि मृत्युको कारण प्रष्ट हुने कार्कीले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो