१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

पत्रकारमाथि धम्कीका घटनाप्रति आमसञ्चार प्राधिकरणको ध्यानाकर्षण

२० पुष २०७९, बुधबार ०३:०४

पुस २० गोलबजार | आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारमाथि धम्की एवं दुव्र्यवहारका घटना बढेकामा ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी पछिल्लोपटक अनलाइनखबरमा कार्यरत धनुषाका पत्रकार शैलेन्द्र महतोलाई समाचारको विषयलाई लिएर विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाही गर्ने धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

गत पुस १५ गते मधेस प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहणको समाचार सङ्कलनमा खटिनुभएका पत्रकार महतोलाई नगरप्रमुख दासले आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रता र कानुनी राज्यको धज्जी उडाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रेस स्वतन्त्रताको रक्षा एवं सम्मान गर्नुपर्नेमा स्थानीय सरकारको प्रमुखजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिकरूपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय भएको बताइएको छ ।

उहाँले यसअघि पनि अन्य सञ्चारकर्मीमाथि हातपात एवं दुव्र्यवहार गरेको जानकारी प्राप्त भएकाले यस्ता घटना दोहोरिन नदिन अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्न, शान्तिपूर्ण एवं भयमुक्त वातावरणमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न तथा पत्रकार महतोको सुरक्षाप्रति सचेत रहन सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन