२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

विभिन्न मुद्दाका नौ जना फरार प्रतिवादी पक्राउ

२६ पुष २०७९, मंगलवार ०२:५५

पुस २६, काभ्रेपलाञ्चोक | जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ  फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ ।

जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, लागुऔषध, गाली बेइज्जती मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका नौ प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न अदालत पेस गरिएको प्रहरीले जनाएको हो ।

चौँरीदेउराली गाउँपालिका–१ का ३० वर्षीया हीरा लामालाई बोक्सीको आरोप मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ २९ गते तीन वर्ष तीन महिना कैद तथा रु १० हजार जरिवाना फैसला गरेको थियो । लामालाई सोमबार घरबाटै पक्राउ गरी अदालत पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारै बोक्सीको आरोप मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ २९ गते तीन वर्ष कैद तथा रु १२ हजार पाँच सय जरिवाना फैसला गरेको सोही वडाकी ६० वर्षीया काइली लामालाई पनि घरबाट पक्राउ गरी अदालत पेस गरिएको छ ।

यसैगरी सवारी ज्यान मुद्दामा काभ्रेपलाञ्चोक अदालतले गत असार १३ गते तीन महिना कैद र रु दुई हजार जरिवाना फैसला गरेको दोलखाको शैलुङ गाउँपालिका–३ का २४ वर्षीय सुजन लामालाई आइतबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणले रु पाँच हजार जरिवाना फैसला भई फरार रहेका मण्डदेउपुर नपा–६ का ३६ वर्षीय कृष्णप्रसाद न्यौपानेलाई पनि आइतबार घरबाटै पक्रिएर सोही दिन अदालत पेस गरिएको हो । 

यस्तै जालसाजी मुद्दामा काभ्रेपलाञ्चोक अदालतले गत फागुन ११ गते रु पाँच हजार पाँच सय जरिवाना ठहर गरिएका पनौती नपा–५ का ४६ वर्षका राजकुमार बुढाथोकीलाई आइतबार पक्राउ गरी सोही दिन अदालत पेस गरिएको हो । तेमाल गाउँपालिका–७ का ४० वर्षीया ज्ञानीमाया तामाङलाई पनि आइतबार गाली बेइज्जती मुद्दमा १० वर्षदेखि फरार रहेको अवस्थामा आइतबारै घरबाट पक्राउ गरी रु दुई सय जरिवाना तिराउन सोही दिन अदालत पेस गरिएको प्रहरीले जनायो ।

यसैगरी बनेपा नपा–५ को ५५ वर्षीया मीनाकुमारी श्रेष्ठलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ ३१ गते रु चार लाख जरिवाना फैसला गरेको थियो । श्रेष्ठलाई शुक्रबार घरबाटै पक्राउ गरी अदालत पेस गरिएको जनाइएको छ । लागुऔषध मुद्दामा पर्सा जिल्ला अदालतले २०७५ पुस २४ गते दुई महिना कैद र रु दुई हजार जरिवाना फैसला भएका भुम्लु गाउँपालिका–८ का २२ वर्षीय आकाश तामाङलाई पनि शुक्रबारै घरबाटै पक्राउ गरी सोही दिन अदालत बुझाइएको प्रनाउ न्यौपानेले बताउनुभयो । 

यस्तै भ्रष्टाचार मुद्दामा तीन वर्षअघि जिल्ला अदालतले रु पाँच हजार जरिवाना तोकेको पनौती नपा–११ का ६५ वर्षीय चेतनाथ भारतीलाई शुक्रबार पक्राउ गरी जरिवाना तिराउन सोही दिन काभ्रेपलाञ्चोक अदालत पेस गरिएको जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान