२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

विभिन्न मुद्दाका नौ जना फरार प्रतिवादी पक्राउ

२०७९, २६ पुष मंगलवार ०२:५५

पुस २६, काभ्रेपलाञ्चोक | जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ  फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ ।

जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, लागुऔषध, गाली बेइज्जती मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका नौ प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न अदालत पेस गरिएको प्रहरीले जनाएको हो ।

चौँरीदेउराली गाउँपालिका–१ का ३० वर्षीया हीरा लामालाई बोक्सीको आरोप मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ २९ गते तीन वर्ष तीन महिना कैद तथा रु १० हजार जरिवाना फैसला गरेको थियो । लामालाई सोमबार घरबाटै पक्राउ गरी अदालत पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारै बोक्सीको आरोप मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ २९ गते तीन वर्ष कैद तथा रु १२ हजार पाँच सय जरिवाना फैसला गरेको सोही वडाकी ६० वर्षीया काइली लामालाई पनि घरबाट पक्राउ गरी अदालत पेस गरिएको छ ।

यसैगरी सवारी ज्यान मुद्दामा काभ्रेपलाञ्चोक अदालतले गत असार १३ गते तीन महिना कैद र रु दुई हजार जरिवाना फैसला गरेको दोलखाको शैलुङ गाउँपालिका–३ का २४ वर्षीय सुजन लामालाई आइतबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणले रु पाँच हजार जरिवाना फैसला भई फरार रहेका मण्डदेउपुर नपा–६ का ३६ वर्षीय कृष्णप्रसाद न्यौपानेलाई पनि आइतबार घरबाटै पक्रिएर सोही दिन अदालत पेस गरिएको हो । 

यस्तै जालसाजी मुद्दामा काभ्रेपलाञ्चोक अदालतले गत फागुन ११ गते रु पाँच हजार पाँच सय जरिवाना ठहर गरिएका पनौती नपा–५ का ४६ वर्षका राजकुमार बुढाथोकीलाई आइतबार पक्राउ गरी सोही दिन अदालत पेस गरिएको हो । तेमाल गाउँपालिका–७ का ४० वर्षीया ज्ञानीमाया तामाङलाई पनि आइतबार गाली बेइज्जती मुद्दमा १० वर्षदेखि फरार रहेको अवस्थामा आइतबारै घरबाट पक्राउ गरी रु दुई सय जरिवाना तिराउन सोही दिन अदालत पेस गरिएको प्रहरीले जनायो ।

यसैगरी बनेपा नपा–५ को ५५ वर्षीया मीनाकुमारी श्रेष्ठलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ ३१ गते रु चार लाख जरिवाना फैसला गरेको थियो । श्रेष्ठलाई शुक्रबार घरबाटै पक्राउ गरी अदालत पेस गरिएको जनाइएको छ । लागुऔषध मुद्दामा पर्सा जिल्ला अदालतले २०७५ पुस २४ गते दुई महिना कैद र रु दुई हजार जरिवाना फैसला भएका भुम्लु गाउँपालिका–८ का २२ वर्षीय आकाश तामाङलाई पनि शुक्रबारै घरबाटै पक्राउ गरी सोही दिन अदालत बुझाइएको प्रनाउ न्यौपानेले बताउनुभयो । 

यस्तै भ्रष्टाचार मुद्दामा तीन वर्षअघि जिल्ला अदालतले रु पाँच हजार जरिवाना तोकेको पनौती नपा–११ का ६५ वर्षीय चेतनाथ भारतीलाई शुक्रबार पक्राउ गरी जरिवाना तिराउन सोही दिन काभ्रेपलाञ्चोक अदालत पेस गरिएको जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै