ललित बोहरा । असोज २, डडेल्धुरा | खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रिय कार्यालय कैलालीका प्रमुख उपेन्द्र रायले कर्मचारीको अभावका कारण प्रभावकारी रुपमा अनुगमन गर्न नसकेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा । असोज २, डडेल्धुरा | खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रिय कार्यालय कैलालीका प्रमुख उपेन्द्र रायले कर्मचारीको अभावका कारण प्रभावकारी रुपमा अनुगमन गर्न नसकेको "/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

कर्मचारी अभावमा अनुगमनमा समस्या – प्रमुख राय

२०७३, २ आश्विन आईतवार १२:०२

ललित बोहरा । असोज २, डडेल्धुरा | खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रिय कार्यालय कैलालीका प्रमुख उपेन्द्र रायले कर्मचारीको अभावका कारण प्रभावकारी रुपमा अनुगमन गर्न नसकेको बताउनु भएको छ । 

पत्रकारहरुलाई खाद्य स्वच्छता रिर्पोटीङ सम्बन्धि आईतवार डडेल्धुरामा आयोजना गरिएको कार्यक्रमका प्रमुख रायले सो कुरा बताउनु भएको हो ।  एक युनिटका रुपमा कैलालीमा रहेको कार्यालयमा रहेको थोरै जनशक्तिले सुदुरपश्चिमका नौ वटै जिल्लामा अनुगमन गर्नु परेकाले प्रभावकारी रुपमा अनुगमन गर्न नसको बताउनु भएको छ । भएको जनशक्तिले सम्भव भए सम्म सुदुरपश्चिमका नौ वटै जिल्लामा अनुगमनका लागि कार्यालयका कर्मचारी खटि रहेको भएपनि त्यो प्रयाप्त नभएको क्षेत्रिय प्रमुख रायले बताउनु भयो । 

नेपाल भारतको खुला सिमानाका कारण पनि गुणस्तर चेकजाँचमा चुनौती थपेको प्रमुख रायले बताउनु भयो । भन्सार बाट भएर आउने खाद्य प्रदार्थको गुणस्तर चेक जाँच गर्न सकेको भएपनि साईकिल र चोर वाटो भएर भारत वाट नेपाल भित्रिने सामग्रीको गुणस्तर चेक जाँचमा चुनौति थपिएको समेत उहाँको भनाई छ ।  चेक जाँचमा कडाई मात्रै नभई मन्त्रालय फरक फरक हुँदा कार्यान्वयनमा समस्या हुने गरेको छ । खाद्य कृषि मन्त्रालय र विषाधी स्वास्थ्य मन्त्रालय अन्र्तगत पर्ने भएकाले खाद्य वस्तुको गुणस्तर चेक जाँच देखी कार्यान्वयनमा समस्या हुने गरेको पाइएको छ । भन्सार र क्वारेन्टाईनका बिचमा समझ्दारी नहुँदा विदेशबाट भित्रिने खाद्य पदार्थको गुणस्तर चेक जाँचमा झर्नै समस्या हुने गरेको छ ।

साथै खाद्य पदार्थमा बढ्दै गईरहेको विषादीको प्रयोगका कारण मानविय स्वास्थ्यमा नकारात्मक असर पर्दे गईरहेको प्रमुख रायले कार्यक्रममा बताउने भएको थियो । ऐन नियमका साथै खाद्य स्वच्छता समबन्धी समाचार संकलनका क्रममा हुने गरेका त्रुटी र अन्यौलता सम्वन्धी जानकारी गराउने उद्देश्यले दुई दिन सम्म संचालन हुने उक्त  कार्यक्रममा प्रमुख रायले बढ्दै गईरहेको विषादीका कारण एका तर्फ जमिनको उत्पादन क्षमतामा समेत हस हुँदै गईरहेको छ भने अर्को तर्फ मानिसमा विभिन्न खाले रोग देखा पर्न थालेकाले चिन्ता समेत व्यक्त गर्नु भएको थियो । अहिलेको ग्रहले हेर्नमा रामं्रो जुन सुकै समाग्री पनी खरिद गर्ने भएपछि चमलमा पोलीस लगाए जस्तै अन्य खाद्य वस्तुको गुणस्तर चेक जाँच गर्ने शिक्षीत गर्नु पर्नेमा जोड दिनु भयो । उहाँका अनुसार अहिले नेपालमा ८० प्रतिशत चामल भारतबाट आयात हुने र नेपालमा २० प्रतिशत मात्र उत्पादन हुने गरेको छ । कार्यक्रममा डडेल्धुरामा विभिन्न संचार माधयममा सक्रिय १८ जना संचार कर्मीको सहभागिता रहेको छ ।

यस्तै आज क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीकले डडेल्धुराको बजार क्षेत्रमा अनुगमन गरेको र कुनै पनी अखाध्य वस्तु नभेटीएको तर नमुना प्ररिक्षणका लागी केही खाद्य वस्तु खरिद गरेको क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख उपेन्द्र रायप्रमुख उपेन्द्र रायले जानकारी गनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर