२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश १ मा आज सभामुख चयन, एक जनाले मात्र गराए मनाेनयन दर्ता

२०७९, २८ पुष बिहीबार ०६:२४

पुस २८, माेरङ | प्रदेश १ मा बिहीबार प्रदेशसभा सभामुखका लागि निर्वाचन हुँदैछ।

सभामुखको लागि निर्वाचन समय ११ बजे तोकिए पनि हालसम्म उम्मेदवारी मनोनयन दर्ता नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमको मात्र परेको प्रदेशसभाका प्रवक्ता चन्द्रमणि पोखरेलले बताए।

बिहानबाट राजनीतिक दलको बैठक बसिरहेको बताउँदै प्रवक्ता पोखरेलले सभामुखमा चयन गर्ने घोषणा औपचारिक रूपमा प्रदेशसभाको बैठकले गर्ने जानकारी दिए।

प्रदेशसभा सचिवालयका अनुसार गौतमलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन्।

नेकपा एमाले नेतृत्वको सरकारमा रहेको नेकपा माओवादी, राप्रपा र जसपामा माओवादी केन्द्रको भागमा सभामुख परेको छ।

सभामुखमा गौतमलाई सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलको समर्थन रहेको छ। गौतम प्रदेश सभा निर्वाचनमा ओखलढुंगाको क्षेत्र नम्बर १ को २ बाट निर्वाचित भएका हुन्।

उपसभामुखका लागि ३० गते हुने निर्वाचनमा एमाले र प्रतिपक्षी दलबीच स्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने